बिराज भट्टको साङ्लो फिल्म सार्वजनिक ( हेर्नुहोस् पूरा फिल्म )

काठमाडौं / एक्सन स्टार विराज भट्टको फिल्म ‘साङ्लो’ युटुबमा सार्वजनिक भएको छ ।पूर्व मिस नेपाल निकिता चण्डक र विराज भट्टको अभिनय रहेको फिल्म लाई विराज आफैँले निर्माण तथा निर्देशन गरेका हुन् ।

फिल्म ‘साङ्लो’ बाटै विराजले निर्देशनमा डेब्यु गरेका हुन् भने यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् । किड्नी तस्करीको कथा बोकेको फिल्म एक्सनले भरिपूर्ण छ ।

फिल्ममा प्रकाश साह र कामेश्वर चौरासिया नेगेटिभ भूमिकामा छन् ।यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

मानकृष्ण महर्जनको छायाङ्कन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आरपी पन्त, लय सङ्ग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि यो फिल्म चर्चामा थियो ।फिल्म ‘साङ्लो’ बुढासुब्बा डिजिटल युटुब च्यानलमा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार