काठमाडौँ । धाराप्रवाह रुपमा तथ्य सहित बोल्न सक्ने क्षमताका धनी ब्यक्तित्व रमेश प्रसाईको पछिल्लो परिचय हो गायक । रिगंकेबुगंको राँगो गाए लगत्तै विबाह गरेका रमेश अहिले ट्रेण्डिगंमा नै रहेका बेला रमेश र नन्दा धरानबाट काठमाडौँ फर्किएका छन् ।
३ वर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ वर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेश प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन हुन् । विगत केही वर्षदेखि उनी काठमाडौंको चाबहिलमा बालगृह सञ्चालन गरिरहेकी छिन् । नन्दाले १० जना अनाथ बालबालिकालाई आश्रय दिएकी छिन् ।
स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छिन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् ।
रमेश र नन्दाले विबाहपछि आफन्तहरुलाई भेटघाट सकेर काठमाडौँ फर्किए लगत्तै उनीहरु नन्दाले संचालनमा ल्याएको अन्तर दृष्टि आश्रम पुगेका छन् ।
अन्तर दृष्टि आश्रममा रमेश र नन्दालाई बालबालिकाले धुधधामले स्वागत गरेका छन् । विबाहपछि काठमाडौँ आएका रमेश र नन्दासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा