बिराज भट्ट भन्छन-राजेश दाइ र मेरो तुलना गर्न मिल्दैन

काठमाडौं – अभिनेता विराज भट्टले महानायक राजेश हमालको खुलेर तारिफ गरेका छन् । उनले महानायक राजेश हमालले लामो समय नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याएको भन्दै तारिफ गरेका हुन् । कुनै समय चर्चामा रहेका विराज भट्टलाई कतिपय निर्देशकले राजेश हमालको विकल्पमा फिल्ममा लिने गरेका थिए । हमालभन्दा निकै पछि फिल्म उद्योगमा आएका विराजले राजेशलाई ‘महानायक’ भन्दै सम्मान व्यक्त गरे ।‘राजेश दाइले आफ्नो युग नै खानुभयो, उहाँसँग मेरो तुलना गर्न मिल्दैन, कहिलेकाहीँ उहाँसँग तुलना भएको देख्छु, त्यसलाई सौभाग्य ठान्छु,’ विराजले भने ।

राजेश हमालले आफ्नो युगमा एकछत्र राज गरेको र उनले आफ्नो समयमा अरु कसैलाई अघि आउन नदिएको विराजले बताए ।‘लामो समय राजेश दाइले फिल्म क्षेत्रमा काम गर्नुभयो, उहाँलाई असफल भन्न मिल्दैन,’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘राजेश हमाल जति कुनै स्टारले नेपालमा चलेर देखाओस् न ! त्यसपछि उहाँलाई असफल भनौ‌ंला ।’विराजले आफूले स्कूल पढ्दादेखि नै राजेश हमालका फिल्म हेरेर हुर्केको पनि बताए ।भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा विराजको लगानी र कथा पनि विराजकै छ । फिल्मको प्रचारलाई लिएर यतिबेला विराज मिडिया फ्रेण्डली बनेका छन् । फिल्मका प्रचारात्मक साम्रगीले रिलिजअघि राम्रै चर्चा कमाएका छन् ।
यो पनि समाचार
धनगढी : थारू समुदायले नयाँ वर्षको रूपमा मनाउने माघीको गाउँगाउँमा अझै रौनक बढिरहेको छ। उनीहरूले महिनाभर विभिन्न महोत्सव, नाचगान र सांगीतिक कार्यक्रम गरी माघ मनाउने गरेका छन्।कैलालीको गोदावरी नगरपालिका— ८ मजगाउँमा पनि माघ महोत्सव सुरु भएको छ। थारू समुदाय कसैले यसलाई ‘माघी’ र कसैले ‘माघ’ महोत्सव भन्दै आएका छन्। मजगाउँमा रहेको थारू संग्रहालयको प्रांगणमा माघ महोत्सव सुरु भएको हो।

थारू कल्याणकारिणी सभा गोदावरी नगर समितिको आयोजनामा माघ महोत्सव सुरु भएको हो। महोत्सवको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उद्घाटन गरिन्। कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख कडायतले थारू संग्रहालयलाई पूर्ण रूपमा विकसित गराउन नगरपालिकाले बजेट विनियोजन गर्ने बताइन्।महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा थारू समुदायका भेषभूषा, कला, संस्कृति झल्कने झाँकी, नृत्य प्रस्तुत गरिएका छन्। लामो समयदेखि हिउँदे झरी र हुस्सुले आजित भएका कैलालीवासी बुधबार घाम लागेसँगै महोत्सव हेर्न उर्लिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार