१४ बर्ष देखि छोरो ह’राएपछि आमा र दिदि रुँ*दै मिडियामा, कुराकानिमै यसरी भ’क्कानिए(भिडियो)

(भिडियो समाचारको अन्त्यमा छ)रेडियो सुन्दै, ज्ञान बढाउँदै…..बागलुङ बरेङ गाउँपालिकाका विद्यार्थी हरेक शनिबार बिहान रेडियो बिहानी सुन्न आतुर हुन्छन् । पैँतालीस मिनेट चल्ने ‘विषयगत हाजिरीजवाफ प्रतियोगिता’लाई विद्यार्थीले सातादिन पर्खिन्छन् । कोही विजेता बन्ने होडमा प्रतियोगितामा भाग लिन्छन् । कतिले रेडियो सुनेरै पनि विषयगत ज्ञानको दायरा बढाउँछन् । रेडियोसँगको सहकार्यमा गाउँपालिकाले थालेको उक्त प्रतियोगितात्मक कार्यक्रम छोटै अवधिमा प्रभावकारी बनेको छ ।

विद्यार्थीलाई स्वअध्ययनतर्फ प्रेरित गर्ने, प्रतिस्पर्धी भावनाको विकास गराउने, विषयगत शिक्षकलाई सक्रिय बनाउने आदि उद्देश्यले रेडियोमार्फत विषयगत हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा एक सातामा १० जना विद्यार्थीले भाग लिन्छन् । कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउँछन् । प्रतियोगितामा उत्कृष्ट हुनेलाई गाउँपालिकाले पुरस्कृत गर्छ । टाढाका विद्यार्थी भएमा गाउँपालिकासम्म आउने यातायात खर्चसमेत प्रबन्ध गरिएको छ ।

“अर्को साता कुन विषयको प्रश्न सोधिन्छ भन्ने रेडियोबाट पहिले नै विद्यार्थीलाई जानकारी गराउँछौँ”, गाउँपालिकाको शिक्षा शाखाका अधिकृत सूर्यप्रसाद शर्माले भन्नुभयो, “विभिन्न तीन वटा विद्यालयका शिक्षकले प्रश्नावली तयार गर्नुहुन्छ ।”

प्रश्नावली बनाए बापत शिक्षकलाई एक पटकमा रु १०० पारिश्रमिकसमेत दिने गरिएको छ । त्यस्तो जिम्मा आलोपालो गरेर सबै विद्यालयका विषयगत शिक्षकले पाउँछन् । विद्यार्थीले फोनमार्फत प्रतियोगितामा भाग लिन्छन् । एक जना विद्यार्थीलाई पाँच प्रश्न सोध्ने गरिन्छ । शिक्षकले पढाएको पाठ्यक्रम भित्रैबाट प्रश्न सोधिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार