आमालाई घर भि’त्रै ग”यर यस्तो सम्म गरे भन्दै रोइ’न छोरी , दाजु बहिनिकै दाजुमय स्वर (भिडियो)

(भिडियो समाचारको अन्त्यमा छ)
काडमाडौँ । साताको अन्तिम दिन अर्थाथ शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोग९विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनैपनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ९अशुभ फल दिने गर्छ ।
शुक्रवारको दिन यी कामहरु गर्नुहोस् राम्रो मानिन्छ । शुक्रवार दिन सेतो वस्त्र लगाउनुहोस् । शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ । शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक भएका कारण पनि यो बार सबै कुराले शुभ हुने धर्म शासत्रमा उल्लेख छ । जानकारहरुका अनुसार शुक्रवार दिन सेतो वस्त्र लगाउँदा निकै उत्तम हुन्छ । त्यस्तै शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ ।

गीता जयन्ती

वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ ।

वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२८ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ ।

कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाईं गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रुपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरे, विश्वस्त बनाउन उपदेशका रुपमा गीता सुनाइएको हो”, उहाँले भन्नुभयो ।

चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक फाउन्डेसनका अध्यक्ष कुमार अधिकारीले बताउनुभयो । कोरोना महामारीका कारण यस वर्ष विगतमा जसरी धेरै मानिस भेला पारेर कार्यक्रम गर्न नसके पनि प्रवचनलगायत कार्यक्रम विभिन्न सञ्चारमाध्यममार्फत् गर्न लागिएको जनाइएको छ ।

“ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका १०१ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले पनि यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन शुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

फाउन्डेसनले सात वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाउँदै आएको छ, यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिएको जनाइएको छ । यसैगरी विश्व हिन्दू महासङ्घले पनि गीता जयन्तीकै अवसरमा शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको छ । यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठलगायत कार्यक्रमसमेत गरिने जनाइएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।
https://youtu.be/es8v6JGurtM

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार