माइतीघर मण्डला बाट सुरु भयो चर्को आ’न्दोलन, प्रचण्ड माधवले सुरु गरेको आ’न्दोलनले कस्तो रुप लिनेहो ?(भिडियो)

काठमाडौं। मिति : पुष १० गते शुक्रबार, स्थान : माइतीघर मण्डला, काठमाडौं। समय : विहान १० बजे।

अन्यायमा परेकालाई न्याय दिलाउने माइतीघरमण्डलाको दृष्य फरक थियो। सधैं न्यायका लागि अपिल गर्ने ठाउँ बनेको माइतीघर मण्डलामा फरक अनुहार न्याय माग्दै गरेको देखिन्थ्यो।

त्यहाँ उखु किसान न्याय माग्दै दैनिक प्रदर्शन गरिरहेका छन्। अहिलेसम्म उनीहरुले न्याय पाएका छैनन्। तर उनीहरुलाई न्याय दिने ठाउँमा बसेका नेताहरुले शुक्रबार विहान माइतीघर मण्डला कब्जा गरे अनि नाराजुलुस गर्न थाले।

कठाग्रिंगो पुसको जाडो महिनाको विहानै मुलुकका तीन जना  प्रधानमन्त्री भइसकेका र निर्वतमान मन्त्री र सांसदहरु पनि न्याय माग्दै माइतीघरमण्डलामा प्रदर्शन गरिरहेका थिए।

चिसो सडकमा तीनजना पूर्व प्रधानमन्त्रीहरु, पँलेटी कसेर बसेको थिए। छातिमा लेखिएको थियो ‘हामी यहाँ छौं।’ सधैजसो बाक्लो सोफामा देखिने तीन जना पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनालले पीच गरेको सडकमा थचक्क बसेको देख्दा धेरैले आक्रोश पनि पोखे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार