छोरीभन्दा आमा तरुनीः कुन छोरी कुन आमा चिन्नै हुन्छ मुश्किल [तस्बिर]

केहि दशक अगाडि नेपाली सांगितिक क्षेत्रमा एक गीत छोरीभन्दा आमा तरुनी… ले निकै चर्चा पायो । त्यसबेलाको उक्त गीतलाई सार्थकता प्रदान गरेको छ, क्यालिफोर्नियाको एक आमाछोरीको तस्वीरले । जहाँ १९ वर्षीया छोरीभन्दा ४३ वर्षकी आमा तरुनी देखिएकी छन् ।

प्रयोगकर्ताहरुले ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिएका छन् । उनको तस्वीरमा लाखौंले उनलाई छोरीभन्दा जवान देखिनुको कारणबोर जान्न चाहेका छन् ।

पश्चिमी अमेरीकी राज्य क्यालिफोर्निया निवासी ४३ वर्षीया आमा जोलिन डियाज आफ्नी १९ बर्षिय छोरी मिलानीभन्दा जवान देखिएकी छन् । इन्स्टाग्राममा आमाछोरीको तस्वीर अपलोड भएपछि धेरैले यी दुईलाई दिदी–बहिनी जस्तो भनेका छन् ।

उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिएका छन् । उनको तस्वीरमा लाखौंले उनलाई छोरीभन्दा जवान देखिनुको कारणबोर समेत सोधेका छन् ।

४३ वर्षको उमेरमा पनि जवान देखिने जोलिनले छालाको स्याहारका कारण आफु यस्तो देखिएको बताएकी छन् । जोलिनका अनुसार उनी पारम्परिक तरिकाले छालाको स्याहार गर्दछिन् । यसका अलावा व्यायाम, सन्तुलित भोजन तथा पर्याप्त आराम जोलिनको नियमित काम हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार