मेमोरी किङ – ४ बर्षकि खुशी बिष्टको अद्भुत क्षमता हेर्नुहोस् । जती प्रश्न सोधेपनि सहि उत्तर दिन्छिन(भिडियो)

(उक्त भिडियो हेर्नु भन्दा पहिला किन पढ्ने किताब ? भन्ने बारे थोरै चर्चा गरौं)अहिले डिजिटलको जमाना बढ्दै गएपछि किताब पढ्ने बानी हराउदै गएको छ । जानकारीको लागि मात्र होइन किताब पढ्नु स्वास्थ्यको लागि पनि लाभदायिक हुन्छ । 

जतिसुकै महान मान्छे किन नहोस सबैको लागि किताब उपयोगी हुन्छ । सबै स्तरका मानिसका लागि किताब पढ्नु फाइदाजनक हुन्छ । कहिलेकाहीँ सुनिन्छ सुत्नु भन्दा अगाडि राम्रो किताब पढ्न आवश्यक छ । समयले साथ दिएसम्म किताब पढ्नु राम्रा् कुरा हो । 

किताब पढ्ने बानीले पहिलो कुरा त हाम्रो जानकारी बढ्छ, साथै बौद्धिक क्षमतामा पनि बृद्धि हुन्छ ।  दोस्रो हामीलाई शारिरिक रुपमा पनि धेरै फाइदा मिल्छ  । यस्ता फाइदा हामीले कहि कतै किनेर हाँसिल गर्न सक्दैनौं केवल पढेर मात्र तपाईले प्राप्त गर्न सक्नुहुन्छ । 

किताब पढेर प्राप्त गर्ने लाभहरु धेरै छन् :

सहानुभुतिको विकास गर्न :

किताब पढ्ने बानीले हामी भित्र मानिसप्रति सहानुभुति विकास हुन्छ र यसले हामीमा सामाजिक सेवाको भावना जागृत गर्दछ । हामी हाम्रो वरपरका मान्छेहरुप्रति संवेदनशिल हुन पुग्दछौं ।  किनभने किताब पढ्दा हामीले अर्को पक्षलाई पनि पढ्न पुग्छौ ।  यसकारण हामी एकै चिजको धेरै किसिमबाट हेर्न, प्रयोग गर्न सिक्दछौ । साथै मानिसको साथै हाम्रो सम्बन्धमा पनि फाइदा हुन पुग्छ ।   (अब हेरौं उक्त भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार