ट्रिपरको ठक्करबाट २५ वर्षीय युवकको मृ’त्यु

काठमाडौ । लपूर्वपश्चिम लोकमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ विद्युत् चोकमा ट्रिपरको ठ’क्क’रबाट आज एक जनाको मृ’त्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको बुङताङका २५ वर्षीय सुबबहादुर तामाङ रहेका छन् ।

नारायणगढबाट लोथरतर्फ गइरहेको ना६ख २३९८ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको बा४१प ८६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रिपरको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुवै सवारी साधन र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार