रघुवीर महाशेठले प्रचण्ड-नेपाल समुह छोड्दा श्रीमती जुली बनिन् मन्त्री

काठमाडौं, १० पुस । गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट अहयोग र घेराबन्दी गरिएको भन्दै राष्ट्रपतिलाई संसद विघटन गर्न सिफारिस गर्नु भयो ।

त्यसको केही घण्टा नवित्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट आएको उक्त सिफारिसलाई सदर गरिदिनु भयो । तर राष्ट्रपति भण्डारीले संसद विघटन गुर्नभयो भन्ने खबर लगत्तै प्रधानमन्त्री ओलीकाे सिफारिस असंवैधानिक  भएकाे भन्दै नेकपाका पूर्वमाओवादी र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भएका मन्त्रीहरुले राजीनामा दिनुभयो ।

संसद विघटनपछि नेताहरु त्यतिमा मात्रै रहेनन् प्रधानमन्त्री ओलीपक्षका नेताहरू र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल पक्षका नेताहरु पनि विभाजित भए । कतिपय पूर्वमाओवादी पक्षका नेताहरुपनि प्रधानमन्त्री ओलीतिर लागे भने कतिपय ओली पक्षका नेताहरु पनि प्रचण्ड-नेपाल पक्षतिर आए ।

त्यसक्रमा ओली पक्षका एक दम्पति (रघुवीर महाशेठ र उनकी श्रीमती जुली महतो)को पक्ष विभाजित भयो । जसमा श्रीमती ओली पक्षको केन्द्रीय कमिटीको बैठकमा गएकी थिइन् भने रघुवीर भने प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा गएका थिए ।

पछिल्लो दिनसम्म नै प्रचण्ड-नेपाल समुहको भेलामा सहभागी भएका महाशेठ प्रधानमन्त्री ओलीको एक बैठमा सहभागी भएका थिए । त्यसपछि महाशेठले ओलीको पक्षमा फर्कने निर्णय गरेपछि उनकी श्रीमती जुलीलाई मन्त्रीमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल बिस्तार गर्दै शुक्रबार जुलीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महिला तथा बालबालिका मन्त्रीकाे जिम्मेवारी दिनु भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार