पशुपती शर्मा र मञ्जु पौडेलको नयाँ गीत “हजुरैले हो” सार्वजनिक (भिडियो सहित)

काठ्माडौं, गायिका मन्जु पौडेल र गायक पशुपति शर्माको स्वर रहेको गीत ‘हजुरैले हो’ सार्वजनिक भएको छ । ‘गजुरैले हो, मन्दिर राम्रो सुनैको गजुरले हो, हाँसी रहने मान्छेलाई रोइरहने पारेको हजुरैले हो’ गीतको भिडियो बीएमएस यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शर्माको शब्द तथा लयमा तयार भएको उक्त गीतको संगीत संयोजन कृष्ण विकले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा उनीहरु स्वयमले अभिनय गरेका छन् । दुर्गा पौडेलले भिडियोको छायाँकन तथा निर्देशन गरेका छन भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।गीतमा एकअर्काबीच आरोप प्रत्यारोप गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार