नेपाल आइडलबाट लोकप्रियता कमाएका सागर आलेको शरिर भरी ट्याटु

काठमाडौँ । नेपाल आइडलबाट लोकप्रियता कमाएका गायक सागर आले पछिल्ला दिनमा गीत छानेर गाउन थालेका छन् । भाइरल गीतमा खासै नदेखिने सागरले पछिल्लो समय सुनितामी परियारको नयाँ गीत ढुंगा जस्तो मनमा स्वर दिएका छन् ।

उक्त गीतको प्रमोसनका क्रममा रहेका सागरसँगको कुराकानीका क्रममा उनी नयाँ हुलियामा देखिए । सागर शरीरभरी शरिर भरी ट्याटु नै ट्याटु खोपीएको अवस्थामा भेटीएका हुन् ।

जसमध्ये उनले सबैभभन्दा पहिला आफ्नो हातमा आमाकै तस्बिरको ट्याटु खोपेको बताए । सागरले आमाको तस्विरको ट्याटु देखाउँदै भावुक गीत गाए, सुनितामी छेउमा हेरिरहिन् ।

नेपाल आइडलका सागर आलेले बनाए करोडको घर, घरमा हुँदैछ बिहेको तयारी ? (भिडियो सहित)
काठमाडौ । चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त छन् । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको डिमान्ट निकै हाई छ ।

यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन् । यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन् ।

उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन् । रंगपत्रकार गोपिकृष्ण चापागाईं उनकै घरमा पुगेर बुबा आमा र सागरका दाजु साजन आलेसँग कुराकानी गरेका छन् ।भिडियो अन्तर्वाता हेर्नुहोस् घर कस्तो छ र घरमा केके हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार