पौष ११, चितवन । सिन्धुपाल्चोक हेलम्बु गाँउपालिका १ का होम बहादुर सुनार काठबाट विभिन्न आकर्षक सामाग्रीहरु बनाउछन । उनले काठबाट चिया खाने कप, दहि तथा रक्सी हाल्ने भाडो लगायत विभिन्न किसिमका आकर्षक सामाग्री बनाउछन ।
उनले यो व्यवसाय आप्mनै घरमा घरेलु उद्योगको रुपमा सुरु गरेका छन । सुनारका अनुसार यो व्यवसाय विगत १ वर्षदेख गर्दै आएका छन ।
उनले बनाउने सामाग्रीमध्ये सवै भन्दा महंगो भनेको चिया पिउने कप हो । एउटै कपको २ लाख रुपैँया पर्नेगरेको होम बहादुरले बताए । उनका अनुसार सिस्नुको जराबाट बनाइने सो कप निक्कै महंगो पर्छ । उनले बनाउने सामाग्रीहरु विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ह्योल्मो समुदायले प्रयोग गर्छन ।
उनि पैसा कमाउनकै लागी वैदेसिक रोजगारीमा पनि गए । त्यहाँ वर्षौसम्म दुख गरे पनि सोचेजस्तो कमाइ नभएपछि नेपाल फर्किए । के गर्ने भन्ने अन्यौलताका विच सुरु गरेको यो व्यवसायले उनि आफै स्वरोजगार बनेका छन भने परिवारसँगै बसेर विदेशमा भन्दा राम्रो कमाइ पनि गरीरहेका छन । उनि थप्छन विदेशमा जति दुख गर्ने हो भने नेपालमै त्यो भन्दा धेरै कमाइ गर्न