बिराज निकिताको धमाकेदार नृत्य सहित आयो ‘साङ्लो’को नया गीत [भिडियो हेर्नुहोस]

एक्सनस्टार विराज भट्ट अभिनित सिनेमा ‘साङ्लो’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डक फिचर्ड छन् । डान्सिङ बिटको गीतमा यो जोडीले स्पष्ट स्टेप्स दिएको छ । अघिल्लो गीत ‘चरीले काफल टिप्यो’मा परम्परागत पहिरणमा देखिएका विराज र निकितालाई यस गीतमा मोर्डन अवतारमा देख्न सकिन्छ ।

सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतको शब्द रचना पनि निशानले नै गरेका हुन् । भने, कोरियोग्राफी रामजी लामिछानेको हो । एक्सन प्रधान सिनेमालाई विराज आफैले निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमामा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ । सिनेमा यहि माघ २४ देखि अलनेपाल रिलिज हुँदैछ ।


यो पनि समाचार
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रतिभा वर्ष पुरस्कारबाट शनिबार पोखरामा सम्मानित भएकी छन्। पोखरा नदिपुरस्थित प्रतिभा माविले अरुणालाई १ लाख रुपैयाँसहित सम्मान गरेको हो। अरुणालाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अरुणालाई सम्मान गरेका थिए ।

कात्तिकमा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो। त्यस्तै मंसिरमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भलिबलमा रजत पदक जितेको थियो। प्रतिभा माविले हरेक वर्ष गण्डकी प्रदेश भित्रका प्रतिभावान युवालाई सम्मान गर्दै आएको छ। अरुणा सम्मलित होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले शुक्रबार मात्रै आरबिबी एनभीए महिला क्लब च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार