यी युवतीले सारी लगाएर पानीमा लपक्कै भिज्दै गरेका तस्विर सामाजिक सञ्जालमा हालेपछि…. [भिडियो सहित]

एजेन्सी । बलिउड अभिनेत्री तनुश्री दत्ताकी बहिनी इशिता दत्ता आफ्नो नयाँ–नयाँ तस्बिरको कारणले सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।हालसालै इशिताको केही तस्बिरहरुले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । उनको पानीमा भिज्दै गरेको तस्बिर भाइरल भएको छ ।बलिउड अभिनेत्री इशिता दत्त अहिलेको समयमा टेलिभिजन शो ‘बेपनाह प्यार’मा मुख्य भूमिका निभाइरहेकी छन् । शोमा उनको भर्खरैको मेकओभरलाई प्रसंशकहरुले खुलेर प्रसंशा गरिरहेका छन् । शोमा उनी प्रया साडी अवतारमा देखिन्छिन् ।

इशिता दत्तको भाइरल तस्वीर

अभिनेत्री इशिताले न्यूज एजेन्सी आईएएनएसलाई भनेकी छन्–‘मेरो भूमिकालाई लिएर आइरहेको प्रतिक्रिया मलाई मन परिरहेको छ । मेरो यस लुकलाई दर्शकहरुले मन पराइरहेका छन् । साथै मेरो भूमिकालाई पनि दर्शकहरुले निकै रुचाइरहेका छन् ।’
यो पनि समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधीप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् ।

सोही अवसरमा संघका अध्यक्ष पन्तले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छ्टिै त्यसलाई टुंगो लगाइने आश्वासन दिएका थिए ।

भेटमा अध्यक्ष पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलनबारे समेत जानकारी गराएका थिए । यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले बताए ।अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चासो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघको पोखरामा सम्पन्न ७१ औँ बैठकका लागि नेपाल आएका अध्यक्ष पन्त हाल विभिन्न उच्च पदस्थ व्यक्तित्व तथा सरोकारवाला निकायसँगको भेटमा व्यस्त छन् । भेटका क्रममा गैरआवासीय नेपाली समुदायको विभिन्न माग तथा सरोकारका विषयमा छलफल भइरहेको उनले बताएका छन् । उनी आगामी साता जर्मनी फर्कनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार