सभामुखको शपथ आज ११ बजे

काठमाडौं – नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको पद तथा गोपनियताको शपथग्रहण आज हुँदैछ ।राष्ट्रपति कार्यालय शितल निवासमा हुने एक समारोहकाबीच सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनेछिन् । राष्ट्रपतिले सभामुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।

विहान ११ बजेका लागि तय भएको शपथग्रहणको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रपतिका प्रमुख स्वकिय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए । प्रतिनिधि सभाको आइतबारको बैठकले सभामुखमा अग्‍निप्रसाद सापकोटालाई निर्विरोध निर्वाचित गरेको थियो । यौन दूर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्ण बहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको थियो ।
यो पनि समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधीप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् ।

सोही अवसरमा संघका अध्यक्ष पन्तले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छ्टिै त्यसलाई टुंगो लगाइने आश्वासन दिएका थिए ।

भेटमा अध्यक्ष पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलनबारे समेत जानकारी गराएका थिए । यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले बताए ।अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चासो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघको पोखरामा सम्पन्न ७१ औँ बैठकका लागि नेपाल आएका अध्यक्ष पन्त हाल विभिन्न उच्च पदस्थ व्यक्तित्व तथा सरोकारवाला निकायसँगको भेटमा व्यस्त छन् । भेटका क्रममा गैरआवासीय नेपाली समुदायको विभिन्न माग तथा सरोकारका विषयमा छलफल भइरहेको उनले बताएका छन् । उनी आगामी साता जर्मनी फर्कनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार