प्रिय रविजी, तपाईं प्रधानमन्त्री भएको हेर्ने रहर छ ! : दिलनिशानी

रविजी, नमस्कार !
तपाईंलाई चितवन जिल्ला अदालतले सफाई दिएपछि धेरैले ‘न्यायको जीत भयो’ भनेका छन् । सफाइसँगै तपाईंलाई बधाई दिनेहरूको ओइरो लागेको छ । हर्षोल्लासमा बाजागाजा, फूलमाला, अविरबरण सबैथोक भएका छन् । तपाईं आफ्नो कार्यालयको आँगनमा खुशीले नाँचिरहनुभएको भिडियो पनि सार्वजनिक भएको छ ।

यसरी मानिसहरूले तपाईंलाई एक नायकको रूपमा चित्रण गर्न कुनै कसर बाँकी राखेका छैनन् । कुनै महान युद्ध जितेर फर्केको सिपाहीजस्तो तपाईंले नायकत्व ग्रहण गर्नुभएको छ । तर यहाँ अर्को पात्र भने धुमिल छ ।

फुटेको काँचको ऐनाजस्तो एकदमै धुमिल। न्याय पाउनुपर्ने त दिवंगत शालिकराम पुडासैनी, तिनकी श्रीमती र परिवारले थियो । किन–किन यो पक्षलाई खलपात्रजस्तो, खलनायकजस्तो देखाइएको छ । एउटा मान्छे थियो, मर्‍यो त के भयो भन्ने जस्ता हाइसञ्चोवाला तर्क देखिएका छन् ।

शालिकरामको आँखामा कहिले खेलाडीको फोटो राखिए, कहिले कस्को तर उनको आँखाको आँसु नेचुरल थियो । शालिकरामको निधनपछि दिइएको खलनायकत्वमा यहाँ सम्माननीय न्यायाधीशले पनि कुनै सहानुभूति प्रकट गर्न सकेनन् । रविजीको पक्षमा उर्लिएको जनसागरसँग शालिकरामको आँसु फिक्का भयो । पूँजीवादी समाजको वर्गीय चित्र देखियो ।

सेलिब्रिटिजम बिक्यो, आँसु बिकेन। सुकिला–मुकिला मानिसहरू बिके, झुत्राझाम्रा मानिस बिकेनन् । सडकमा जनअदालत खडा भयो । सडकबाटै एकाएक हजारौं न्यायाधीशहरूको जन्म भयो ।

सडकमा हजारौं वकिलहरूले पदार्पण गरे । सडकको बीचबाटै न्याय–अन्याय फैसला भयो । वास्तविक न्यायाधीशको भौतिक शरीर आदालतमा थियो, मन, वचन र कर्म सडकमै देखियो ।मुस्लिम धर्ममा कट्टर ‘जिहादी समूह’ हुन्छन् । यिनीहरूले अल्लाहलाई खुशी पार्न आफूहरूलाई भौतिकरूपमै बलिदानी दिन्छन् ।

रविजी अल्लाह समान मानिए । एक प्राकारको भगवान मानिए । भगवानलाई खुशी पार्न रविजीका पनि थुप्रै जिहादीहरू थिए, तिनले रवि दाइका लागि ज्यान दिन्छौं भन्थे । शालिकरामको न्यायका लागि ज्यान दिने कुरा कसैका थिएनन् । तिब्बती धर्मगुरु दलाइ लामाको मलमूत्र प्रसाद सम्झेर खान तयार कट्टर भिक्षुहरूजस्तै रविजीका झन् कट्टर भिक्षुहरूको चर्तिकला हेर्न लायक थियो ।

यो लेख दिल नीसानी मगरले लोकान्तर डट कमका लागी लेखेका हुन पुरा पढ्न यहाँ थिच्नुहोला..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार