अल्लू अर्जुनको फिल्मले तोड्यो ‘बाहुबली’ को रेकर्ड

काठमान्डू,
साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आइसकेको छ । यो फिल्म दर्शकलाई निकै मन परेको छ । साथै, फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । यो फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको भारतीय मिडियाले बताएका छन् । फिल्मले घरेलू बजारसँगै अमेरिकालगायतका देशमा पनि ठूलो कमाई गरेको छ ।

यो पारिवारिक फिल्मले संयुक्त राज्य अमेरिकामा ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, फिल्मको प्रिमियरको ६० हजारभन्दा धेरै टिकट विक्री भएको छ । त्रिविक्रम श्रीनिवास निर्देशित फिल्म अल्लूसँगै तब्बू, सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराजलगायतका कलाकारहरुको अभिनय छ ।

बलिउड लाइफ डटकममा हालै कुराकानी गर्दै अभिनेता अल्लू अर्जुनले बलिउडमा काम गर्ने विषयमा भनेका छन्, ‘मलाई हिन्दी फिल्ममा काम गर्न मन छ । मलाई बलिउड फिल्म निकै मन पर्छ । मलाई लाग्छ कि कोही पनि दक्षिण भारतीय अभिनेतालाई बलिउडमा काम गर्ने इच्छा छ । किनकि, बलिउड निकै ठूलो उद्योग हो । यहाँ जो पनि आफ्नो करिअर बनाउन सक्छ ।’

‘आल्हा वैकुण्ठप्रेमुलु’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन् । त्यस्तै, बलिउड अभिनेत्री तब्बू यो फिल्मबाट वर्षौपछि टलिउडमा फर्किएकी हुन् । उनले फिल्ममा अल्लू अर्जुनकी आमाको भूमिका निभाएकी छन् । १० वर्षपछि उनले तेलुगू फिल्म गरेकी हुन् । यो फिल्मले पहिलो दिन घरेलू बक्सअफिसमा ५५ करोडको व्यापार गरेको बताइएको छ ।
यो पनि समाचार
१३ माघ, काठमाडौं । सभामुखमा निर्वाचित भएलगत्तै अरु सांसदलाई पन्छाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न हतारिएको भन्दै अग्निप्रसाद सापकोटा सामाजिक सञ्जालमा ट्रोलको शिकार भए ।आइतबार सभामुख निर्वाचित भएलगत्तै सापकोटालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले बधाई दिन चाहेका थिए । तर नेकपाका सांसदहरुको पहिलो रोमा बसेका उनको ध्यान भने प्रधानमन्त्रीतिर देखिन्थ्यो ।

हात मिलाएर बधाई दिन चाहेका उनी पार्टीका प्रमुख सचेतक देव गुरुङ लगायतका नेताहरुलाई पन्छाउँदै उनी प्रधानमन्त्री ओली भएतिर लम्किए ।कतिपयले पार्टीभित्र ठूलो रस्साकस्सीका बीच सभामुख बनेका सापकोटाको यो ‘दौड’ प्रधानमन्त्री रिझाउने प्रयासको रुपमा अर्थ्याए ।नवनिर्वाचित सभामुख सापकोटाले भने आफूले प्रधानमन्त्रीबाट बधाई लिएर जिम्मेवारी सुरु गर्न चाहनु स्वाभाविक भएको बताए ।

आज मैले सपथ गरेँ, आजबाट म पूर्ण रुपमा साझा भएँ । हिजोसम्म त मेरा लागि प्रधानमन्त्री मात्र होइन, सभामुख बनाउने पार्टीको अध्यक्ष पनि हो, दलको नेता पनि हो । त्यसकारण सदनमा त्यतिखेर (बधाई) प्रधानमन्त्रीबाट सुरु गर्न खोजेँ मैले’ उनले भनेका छन्, ‘यो एकदम स्वाभाविक छ । संसदीय मूल्य मान्यताअनुसार नै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार