काठमाण्डौ । आजभन्दा २६ वर्ष पहिले रोजगारीकालागी भारत गएका गोबिन्द भण्डारी भारतमै बेपत्ता भए । उनी बेपत्ता भएको यो खबरलाई बिभिन्न सामाजिक सञ्जालमा भाइरल गराईएपछि गोबिन्द भण्डारी भारतको पञ्जाब स्थित लुधियानामा भएको कुरा उनका छोरी सुनिता भण्डारीलाई जानकारी गराईएको थियो । सोही जानकारीका आधारमा सुनिता केही सोशल मिडियाको सहयोगमा भारतको लुधियानामा पुगीन् पनि । तर उनी त्याहाँ पुगेपछि जो मानिसलाई गोबिन्द भण्डारी भनिएको थियो त्यो मानिस गोबिन्द नभएको खुल्न आएको छ ।
आफ्नो बाबालाई सुनिताले खोज्न थालेको १५ महिना भएको रहेछ । त्यो १५ महिनामा उनले धेरै जनासंग सम्पर्क गरेकी रहिछन् । यति मात्र नभई उनले विभिन्न संघसंस्थासंग सहयोग पनि मागेकी रहीछिन् । तर उनी सबै ठाउँबाट निरास भएर घर फर्कन्थिन् । धेरै प्रयास गर्दा पनि बाबाको बारेमा केही पत्ता नलागेपछि उनले मिडिायाको साहायतामा आफ्नो बाबाको फोटा सार्वजनिक गर्दै सबै कुरालाई बताएर भेट्नेले सम्पर्क गरिदिनकालागी अपिल गरेपछि भने उनको जीवनमा त्यो एक दिन आयो ।
त्यो एकदिन जुन दिन उनलाई एकजना भाईले तपाईँकै बाबा जस्तै देखिने मानिसलाई आफुले भारतको पञ्जाबस्थित लुधियानामा देखेको कुरा खबर गरे । सोही मानिसको भनाईका आधारमा सुनिता सोशल मिडिया युजरसको साथमा पञ्जाबको लुधियाना सम्म पुगिन् । तर दुर्भाग्य उनी यस पटक पनि आफ्नो बाबालाई भेट्न सकिनन् । किनकी ती मानिसले भनेको मान्छे सुनिताको बाबा रहेनछन् । यो खबरले सुनिता फेरी एक पटक आफ्नो बाबालाई भेट्न असफल भएकी छन् ।
निकै ठूलो आशामा र मनमा एउटा उत्साहाका साथमा उनी भारतको लुधियाना सम्म पुगेकी थिईन् । विगत २६ वर्षदेखि बाबाको माया पाउनबाट बञ्चित सुनिताुमा आफ्नो बाबालाई भेट्छु कि भन्ने निकै ठूलो आशा छ । त्यही आशाका साथमा उनी मन भरी सपनाको घर बुन्दै भारतको लुधियानासम्म बाबालाई भेट्ने अभिलाशाका साथमा पुग्दछिन् । तर यस पटक पनि हाता लाग्यो शून्य भई दिंदा उनी साँच्चै निरास भएकी छन् । उनको निरासपनका कुरा र अझैं पनि बाबालाई भेट्ने आशाका कुरा उनैको मुखबाट सुन्नकोलागी तलको भिडियोमा क्लिक गर्नुहोस् । भिडियोसहित