सर्लाहीमा एकै परिवारका तीन जनालाई फालामको सांग्लाले बाँधिएर राखिएको कुराको भयो पर्दाफास, कारण यस्तो रहेछ (भिडियोसहित)

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा एक कार्की परिवारमा तीजजनालाई फलामको सांग्लाले बाँधिएर छुट्टा छुट्टै राखिएको छ । उनीहरुलाई त्यसरी फलामको सांग्लाले बाँधेर राख्नुमा एउटा ठूलै कारण छ । जुन कारण हो उनीहरुको मानसिक रोगको समस्या । एकै परिवारमा तीनजना मानसिक रोगीहरु रहेको त्यो घरमा एउटा मात्रै व्यक्ति छन् जो मानसिक रोगी छैनन् । र ती हुन् घरका मुखिया अर्थात बुवा । तीनै बुवाका तीन जना छोराहरु नै मानसिक रोगी भएपछि अहिले उनी निकै नै पिडित छन् ।

क्रमिक रुपमा मानसिक रोगको शिकार भए उनका जेठा छोरा त्यसपछि साईलो छोरा र अहिले कान्छो छोरा पनि मानसिक रोगी भएको हुनाले उनका श्रीमती पनि मानसिक रोगी भएको कुरा गाउँलेले बताए । घरमा सबै जना यो मानसिक रोगबाट ग्रसित बनेपछि निरोगी रहेका ती बृद्ध बुवालाई यो कुराले निकै नै तनाव दिईरहेको छ । छोराहरुको कमाई खानेबेला छोराहरुलाई फलामको सांग्लाले बाँधेर घर भित्रै थुनेर राख्नु पर्दा कुन चै बाबुको मनले थाम्न सक्ला र ?

छोराहरुसंगै अहिले त जीवन साथी पनि त्यही रोगको शिकार भईदिंदा उनी झनै तनावमा छन् । परिवारको यो अवस्थालाई उनले आफ्ना दुई हात जोड्दै रुँदै सहयोग गरिदिन यसरी अपिल गर्दछन्,‘के गर्ने होला ? कसो गर्ने होला ? लौन कसैले मेरा छोराहरुको उपचार गरिदिनु पर्यो । यीनीहरुको यस्तो अवस्था हेरेर म कसरी बाँचु ?’ उनका माइला छोरा भने पहिला नै छुट्टीएर बसेको हुनाले माईला छोरा भने ठीकै भएको कुरा गाउँलेले बताए । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार