असाध्यै बोल्ड एण्ड ब्युटिफुल बनेर देखिइन् अदिती, हेराैँ तस्बिर

केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’हाे । उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियाे ।

पछिल्लाे समयमा पनि बलिउडमा संघर्ष गरिरहेकि छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् ।केहि पहिला ‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियाे ।

एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको हाे । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘ हामी त्यो हिरोइनको चर्चा गर्दै छौ ।

जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आ.गो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको छ । अदितीका केही तस्बिर केहि पहिला इस्टाग्राममा भाइरल समेत भए ।

अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका थिए ।

अदितीको जन्म झापा, दमकमा भएको हो । फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी २४ बर्षीय अदिती मुम्बईमा बस्दै आएकी छिन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।

अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने अभिनय कला देखाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार