भाईरल गीत “भन साली तेरी दिदी कां छ”(भिडियो)

काठमाडौं । सुदूरपश्चिम तथा मध्यपश्चिममा छुट्टै छाप बनाएका गायक सर्जक मोडल चक्र बम र गायिका तथा मोडल लक्ष्मी आचार्यको स्वरमा नरेन्द्र राज रेग्मीको संगीतलाई नयाँपन दिएर“भन साली”बोलको गित सार्वजनिक भएको छ ।

बिगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर लागेका चक्र बम यतिबेला गित संगीतको बजार तथा युवा पुस्तामा निकै नै लोकप्रिय बनेका छन् ।

सार्वजनिक हुनु भन्दा पहिले नै “लाउ लाउ लाउ बिरे छम्को,पश्चिमेलि चेलो” सामाजिक संजाल टिकटकमा सानो अंश राखेका थिए । तर भिडियो सार्वजनिक भने गरेका थिएनन् ।

आशा छ यो गित पनि बिगतका गित झैँ लोकप्रिय हुने छ । चक्र बम स्वयम आफ्नै शब्द रहेको गीतको म्युजिक भिडियो प्रविन भट्टले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार