काठमाडौ । सामान्य विवादकै कारण ५३ वर्षको उमेरमा एक पुरुषले श्रीमतीको ज्या’न लि’ए’का छन् ।
श्रीमतीले ठूलो रकम ऋण लिएको थाहा पाएपछि उनीहरुबीच विवाद सुरु भएको थियो । बाराका जीवन नेपालीले ४३ वर्षकी श्रीमती सीताको ज्या’न लि’ए’का हुन् ।
केही समय अघि सम्म उनीहरुको जीवन राम्रो चलेको थियो तर जीवनले थाहा पाए की सीताले गत साउनमा गाउँकै एक जनासँग ३३ लाख ४० हजार रुपैयाँ ऋण लिएकी थिइन् ।
यो रकम उनले किन लिइन् र कहिले कहिले लिइन् भन्ने कुरा थाहा नपाएपछि जीवन र उनीबीच विवाद सुरु भएको हो ।
पुस ९ गते बिहान पौने ११ बजे एकजना महिलाको शव स्थानियले फेला पारेपछि प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरेको थियो ।
महिलासंग भएको एक कागजमा उनका पति र देवरको मोवाइल नम्बर र नाम थियो । त्यसैको आधारमा प्रहरीले देवर राजेन्द्र र उनका पतिलाई पनि फोन गरेको थियो ।
प्रहरीले फोन गरेर सीताको बारेमा सोधेपछि जीवनले थाहा नपाएजस्तै गरे । उल्टै गत शनिबार जीवनले भाइ राजेन्द्रलाई फोन गरेर सोधे, ‘पनौतीमा के घटना भएको हो रु ’
यता प्रहरीले भने जीवननै घटनामा संलग्न भन्ने कुराको पत्ता लगाइसकेको थियो । मंसिर २३ गते पनौतीबाट ५३ वर्षीय जीवनसँगै बारास्थित घरतिर लागेकी ४३ वर्षीया सीताको बाटैमा ज्यान गएको थियो ।
गाडी चढेको १० मिनेटमै उनीहरुबीच विवाद बढेपछि बाटैमा गाडीवाट झरेका थिए । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार रातको ९ बजे जीवनले घटना गराएर श’व फा’ले’र हिँडे । आफू भने अर्को गाडीमा चढेर भोलिपल्ट बिहानै बाराको निजगढ नगरपालिका २ स्थित घर पुगे।