नन्दा सिंहले चलाएको अनाथालयको एक वर्षको घरभाडा दीपक–दीपाले तिरिदिए,

कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले नन्दा सिंहले चलाएको अनाथालयको एक वर्षको घरभाडा तिरिदिएका छन्।

आफ्नो पूर्ववर्ती वाचाअनुसार उनीहरुले काटमाडौंको कपन बालुवाखानीमा रहेको  ‘अर्न्तदृष्टि नेपाल’ को एक वर्षको घरभाडा बापत एक लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
छक्का पञ्जा टीमका तर्फबाट दीपाश्रीले ‘अर्न्तदृष्टि नेपाल’ की सञ्चालिका नन्दा सिंहलाई एक वर्षको घरभाडा बापतको रकम हस्तान्तरण गरेकी हुन्।

सो क्रममा कलाकार दीपकराज गिरीसँगै  केदार घिमिरे ‘माग्नेबुढा’ को पनि उपस्थिति थियो ।
दृष्टि विहीनहरूले चलाएको संस्थाका १३ जना बालबालिकाहरुलाई दशैं कपडा, केही खानेकुरा र आठ थान ब्लाङ्केट दिन जाँदा नन्दाले लकडाउनका कारण घरभाडा तिर्न समस्या परेको बताएपछि दीपक–दीपाले आफूले एक वर्षको घरभाडा तिरिदिने बताएका थिए।‘अर्न्तदृष्टि नेपाल’ की सञ्चालिका नन्दा र पब्लिक स्पिकर रमेश प्रसाईंले हालै विवाह गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार