पछिल्लाे समय निकै चर्चामा आएकी गायिका हुन् एलिना चौहान । उनले झापाको बिर्तामोडमा जन्म लिएकि हुन् । उनले आफ्नो सम्पूर्ण बाल्यकाल आफ्नो परिवारसँगै झापामै बिताइन् । मध्यवर्गीय परिवार जन्मिेकी एलिनाका बुबा भने उनी सानै छदा विदेश गएका हुन्, भने अहिले पनि विदेशमै काम गदैं आएका छन् ।

उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिदै आएकी छिन् हाल उनी झापामा बीएमा अध्ययनरत छिन् । सानै देखि गीत गाउन मनपराउने एलिना कभर गीतबाट चर्चामा आएकी हुन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका उक्त तस्विरमा दर्शकले निकै मन पराएका छन् भने उनकाे स्वरमा रहेकाे गीत त झनै मन पराएका छन् ।

उनी तिम्रो मायाले बाँधेर राख भन्ने कभर गीतबाट नेपाली सांगितक फाँटमा उदाएकी हुन् । हाल उनी निकै व्यस्त गायिका मध्येमा पदर्छिन् ।

गायिका एलिना चौहानले एक कार्यक्रममा आफ् जति हिट भएपनि आफ्नो बुबा साउदीको खाँडीमा पसिना बगाउँदा मन दुख्छ भन्दै आफ्नो कमाईले बुबालाई पालन रहर छ भन्दै भावुक भएकी थिइन् ।


