१४० किलो तौल भएकी श्रीमतीलाई एकछाकमा सधैं २ कुकर भात पकाउनु पर्छ भन्दै ४० केजीका श्रीमान यसरी जिस्किए(भिडियो)

काठमाण्डौ । हामीले हाम्रो समाजमा देख्दै आएको र सुन्दै पनि आएको कुरा हो कि विशेषगरी दुख्खमा श्रीमानले भन्दा श्रमितीले श्रीमानको साथ छोड्दैनन् । श्रीमानको केयर गर्छन् । श्रीमानलाई आमाले जस्तै माया र ममताले उनीहरुको दुख्खमा सारथी भएर उभिन्छन् । एकाध बाहेक प्राय श्रीमतीले नै श्रीमानको केयर गर्ने गर्दछन् । यस्तो हामीले सानैबाट देख्दै र सुन्दै आईरहेकै कुरा हो । तर एउटा यस्तो श्रीमान छन् जस्ले आफ्नी श्रीमतीको यसतो केयर गरिरहेका छन् कि देख्ने र सुन्ने सबै दंग नै छन् ।

उनले आफ्नी श्रीमतीलाई सधैं खाना पकाएर खुवाउँछन् । श्रीमतीलाई मन पर्ने कुरा बजारबाट किनेर ल्याईदिएर उनलाई खुशी बनाउँछन् । श्रीमतीको मन पर्ने खाना बनाएर उनले सधैं खुवाउँछन् । यो उनले मन लाग्दाको समयमा हैन दैनिक गरि नै रहन्छन् । यसो गर्दा उनी खुशी त हुन्छन् तर यो उनको बाध्यता भएको हुनाले उनी दुखी पनि छन् । उनको बाध्यता यस कारणले बनेको छ कि उनकी श्रीमतीले खाना पकाउन सकदैनन् । न त बजार गएर आफुलाई चाहिएको सामान नै किनेर ल्याउन सक्छिन् ।

दिनदिनैको खाना श्रीमानले पकाएर खानु उनको रहर नभई बाध्यता हो । किनकी उनको तौल १ सय ४० केजीको छ । त्यसैले उनी बसेको ठाउँबाट उठ्न सक्दिनन् । न त आफु खुशी बस्न नै सक्छिन् । श्रीमतीको यो मोटो पनकै कारण उनका श्रीमानले घरको सबै काम गर्ने गर्दछन् । यस्तो मोटी श्रीमतीलाई आफुले धेरै माया गर्ने बताउँछन् उनी । उनी भन्छन्,‘मरो बिहे गर्नु पुर्व मेरो धेरै नै केटी साथीहरु थिए । तर मलाई उनी नै मन पर्यो । मेरो मनले उनको मोटोपनलाई देखेन । केवल उनको मिठो बोली र नरिसाउने बानीले नै म उनीमा फिदा भएँ ।’

श्रीमानको यस्तो कुरा सुनेर छेउँमा बसेकी उनकी श्रीमती भने मुस्कुराई मात्र रहन्छिन् । अनि उनी पनि भन्छिन्,‘मलाई उहाँले माया गर्छु भन्दा साँच्चै गर्नु हुन्छ र ? म त यस्ती मोटी छु भनेकी थिएँ । अनि उहाँले मलाई तिम्रो मोटोपनसंग नै प्रेम छ भन्नु हुन्थ्यो । उहाँको यस्तै यस्तै कुरामा विश्वास लाग्न थाल्यो । आजपनि त्यही विश्वास जस्ताको त्यस्तै नै पाई रहेकी छु ।’ आफ्नो मोटोपनको पनि वास्ता नगरी साँचो माया गरेको श्रीमान पाएकोमा उनी आफुलाई निकै नै भाग्यमानी ठान्दछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार