बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ – बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा थियो ।यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ १८ पैसा रहेको छ । हिजो यसको खरिददर २९६ रुपैयाँ ९४ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो ।

आज बुधबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ । मंगलबार खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा थियो ।यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा रहेको थियो ।
यो पनि समाचार
काठमाडौ – केही समय यता वि*वादित बनेको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको सुरुवातमै प्रवेश गराइएको छ।एमसीसीबारे कमिटी सदस्यहरुले आफ्नो धारणा राख्नुपूर्व नै प्रधानमन्त्री तथा (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले उक्त विषय प्रवेश गराएका हुन्। र, एमसीसी कम्प्याक्ट नेपालको हितमा भएकाले त्यसलाई पारित गर्न सबै एक जुट हुनुपर्ने घु माउरो निर्देशन दिएका छन् उनले।

मुलुकको विकासका लागि एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्नुको विकल्प नभएको बताएका उनी एमसीसी नेपाल कम्प्याक्ट संसदबाट पारित गर्ने क्रममा सदस्यहरुले वि* रोध नगरुन् भन्ने उद्देश्यमा केन्द्रीत देखिए।अमेरिकाको सैन्य रणनीतिसँग जोडिएकाले एमसीसी कम्प्याक्ट हालकै अवस्थामा लागू गर्न नहुने माग पार्टीका प्रभावशाली नेता भीम रावल लगायतले गरिरहेका बेला उनले एमसीसी पहिलै नै अनुमोदन गरिसक्नु पर्ने भएपनि अनावश्यक विवादमा तानिएको बताएका छन्।

एमसीसी नेपाल कम्प्याक्ट अनुदान भएको र अर्को कुनै विषय अर्थात इन्डोप्यासिफिक र ण नी तिसँग नजोडिएकाले पारित गर्न ढिलाई गर्न नहुने बताएका छन्।कुनै अन्तरनि हित नियतलाई खोतल्न थालेको खण्डमा नेपालको विकास कहिल्यै नहुने उनले बताए। उनले एमसीसी कम्प्याक्ट सम्झौताले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता र स्वाभिमानमा प्रभाव नपार्ने र त्यसमा साथ दिन पार्टी सदस्यहरुलाई आग्रह गरे।

कानुनभन्दा माथि गएर सरकारले कुनै पनि सम्झौता नगरेको उनको दा बी छ।एमसीसी पाँच वर्षका लागि आएको र त्यसपछि यसको च्याप्टर ब न्द हुने उनको भनाइ थियो। ओलीले परराष्ट्रमन्त्री हुँदा कृष्णबहादुर महराले एमसीसी प्रस्ताव संसदबाट पारित गर्न कुनै व्यव धान नभएको बताएको जानकारीसमेत दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार