काठमाण्डौ । एरर्पोटमा मेरो कोरियन बोयफ्रेण्ड आएको छ । म उस्लाई भेट्न जान्छु भन्दै आमासंग सधैं झगडा र लडाई गर्ने गंगा लामा अन्ततः श्री नेहाको काखमा पुगेकी छन् । उनको मानसिक अवस्था असामान्य भएको हुनाले उनी बिपनामै पनि कल्पनाको संसार बनाउँदै रमाउँथिन् । उनले आफुले के गरिरहेको छु भन्ने नै थाहा पाउँदिनथिन् । त्यसैले त आफ्नै आमालाई पनि मरनासन्न हुने गरि जाई लाग्थिन् ।
छोरीको बानीले गर्दा उनकी आमाले धेरै दुःख पाएकी थिईन् । आमा त आखिर आमा नै हो नि छोरी जस्तो भएपनि आफ्नो सन्तान हो । उनले आफुलाई जे जस्तो व्यवहार गरेतापनि आमा रुँदै भएपनि सही रहेकी नै थिईन् । छोरी बिरामी छ भन्ने थाहा पाएका गंगाको बुवाले पनि छोरीको खासै वास्ता राखेनन् भन्छिन् उनकी आमा । गंगाको बानीले गर्दा घरबेटीले पनि घर भाडा दिन नमानेको नमिठो कथा सुनाउँदै धेरै पटक धेरै अन्तरवार्ताहरुमा धुरुधुरु रोएकी पनि छिन् उनकी आमा ।
गंगाको वास्तविकता नै नबुझेर उनलाई नानाथरी भन्ने समाजको कुराले आफ्नो छाति चिरेर आउँछ भन्दै आमा भन्छिन्,‘मेरो छोरी हो । सबैले बाटोमा छाडी दे न । किन यो झ्याउ बोकेर हिंडेको भन्छन् । कहाँ लगेर छाडीदिऊँ ? यस्तो जवान भएको छोरीलाई कसैले केही गरिदिए भने म त जीउँदै मर्छु । आफुसंगै राखुँ भने यसैले मार्छ कि भन्ने पिर ।’ यस्तै पिरमा डुब्दै छोरी बोकेर उनी धेरै ठाउँमा घर सर्दै हिंडिन् पनि । अन्ततः उनले प्रतिक्षाको फल पाएरै छोडीन् । उपचारकोलागी छोरीलाई सबैकी प्रिय श्री नेहाले आफुसंगै लिएर गएकी छन् ।
श्री नेहासंग गंगाले पहिलो भेटमा नै धेरै कुरा गरेकी छन् । उनले आफ्ना समस्या पनि सजिलै सुनाएकी छन् । श्री नेहाले सोधेको प्रश्नको जवाफ पनि उनले झर्को नमानेर दिएकी छन् । आफ्नो आमालाई पनि नभनेको दुखाईहरु उनले पहिलो पल्टको भेटमा नै श्री नेहालाई सुनाएकी छन् । उनको कुरा गराई सुनेर श्री नेहा पनि उनलाई हेरेको हेर्यै ने भएकी छन् । छोरीले श्री नेहासंग कुरा गरेको देखेर उनकी आमा पनि अचम्मित बनेकी छन् । गंगा र श्री नेहाको कुराकानीको अशंलाई हेर्नकोलागी यो भिडियोमा क्लिक गर्नु होला । भिडियो