आत्तिदै अस्पतालमा भेट्न पुगेका प्रचण्डलाई चिकित्कसले पत्नी सीताको स्वास्थ्यवारे दिए यस्तो जानकारी,

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी पत्नी सीतालाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा पुगेका छन् । प्रचण्ड पत्नी सीता दाहाललाई बुधवार भैसेपाटी स्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ । प्रचण्डकी छोरी गंगा दाहालले त्यसवारे जानकारी गराएकी छन् ।

दिनभरी पेरिसडाँडामा पार्टी कार्यक्रममा ब्यस्त रहेका प्रचण्ड कार्यक्रम सकेर पत्नी सीतालाई भेट्न अस्पताल पुगेका हुन् । अस्पताल पुगेका प्रचण्डलाई उपचारमा संलग्न चिकित्सकहरुले सीताको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन् ।

छोरी गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको तस्बिर सार्वजनिक गर्दै सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी हुन् । अस्पतालमा भर्ना भएको तस्बिर शेयर गर्दै गंगाले लेखेकी छन्, ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शिघ्र स्वास्थ्य लाभको कामना मम्मी ।’

सीता लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् । छोरा प्रकाशको अचानक निधन भएपछि उनी थप सिथिल भएकी हुन् । उनको आकस्मिक कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी) बाट पीडित छन्। प्रचण्ड परिवारले उनलाई थप उपचारका लागि यसै साता भारत लैजाने तयारी गरिरहेको थियो। दाहालको यसअघि अमेरिका जोन हकिङ्स अस्पताल र सिंगापुरमा उपचार गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार