सुकुटी बोकेर जापान गयका २ नेपालीको भिसा रद्द गरेर फर्काइयो नेपाल..

टोकियो । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो ।

चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन् । उनीहरुलाई ३ वर्षको भिसा दिइएको थियो जुन रद्द भएको छ ।

दुईमध्ये छोरा पहिल्यैदेखि जापानमा थिए । अहिले विदामा नेपाल गएर आफ्ना बाबुलाई पनि साथैमा लिएर आएका थिए । उनीहरु जापानको नारिता विमानस्थलमा ल्याण्ड गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित वस्तुसहित समातिएका थिए । उनीहरुलाई जनवरी २६ मा विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

आफ्ना पितालाई जापान घुमाउन लिएर आएका भट्टराई २६ तारिख साँझ ड्रागन एयरको विमानबाट नारिता बिमानस्थलमा ओर्लिएका थिए । विमानबाट सामान्य अवस्थामा ओर्लिएर आवश्यक सोधपुछ र भिसा चेकजाँच समेत पार गरेर भट्टराईले आफ्नो लगेज समेत पाइसकेका थिए ।

विमानस्थलबाट बाहिरिएर रेल चढ्न जान लागेका बाबुछोरालाई विमानस्थलको बाहिरी भागमा चेकजाँच गर्ने अधिकारीले सोधपुछ गरेका थिए ।

सोधपुछमा भट्टराई बाबुछोराले झुट बोलेको भए पनि सुरक्षाकर्मीलाई शंका लागेपछि लगेज खोलेर जाँच गर्दा तीनवटा सुटकेसमा गरी करिब ३ किलो सुकुटी र ३ किलो जत्तिनै आ लो मासु भेटिएको थियो । चे कजाँचम हरियो खुर्सानी, धु लो खुर्सानी लगायत अन्य खानेकुरा समेत सुटकेसमा भेटिएको थियो । यी वस्तुहरु जापान लैजान प्रतिबन्धित छन् ।

तपाई जापान जाँदै हुनुहुन्छ ? यस्ता काम विर्सेर पनि नगर्नुस् 

कुनै पनि देशको सामाजिक मुल्य मान्यता तथा नियमहरु विश्वव्यापी हुन्छन् भन्ने हुँदैन, तर, तपाई चाँडै घुलमिल हुन चाहानुहुन्छ भने त्यहाँको नियम, संस्कार, संस्कृति, भेषभूषाको बारेमा जान्न आवश्यक हुन्छ । हामी यहाँ तपाईलाई जापानमा गर्न नहुने यस्ता १० कुरा बताउँदैछौ, जसले जापान घुम्न वा जापान बस्न जानेलाई सहयोग पुग्छ ।

१. घरभित्र जुत्ता मनाही

जापानमा घरभित्र जुत्ता नपसाउनु भए राम्रो हुन्छ । जापानी नागरिकलाई बाहिरको फोहोर घरभित्र पसेको मन पर्दैन । प्रायजसो सबै घरमा ‘जेन्कान’ भनिने एउटा सानो जुत्ता राख्ने ठाउँ बनाइएको हुन्छ । घरभित्र पाहुना तथा परिवारका सदस्यका लागि ‘स्लिपर’को व्यवस्था गरिएको हुन्छ ।

२. ट्वाइलेटमा स्लिपरको प्रयोग

घरभित्र ट्वाइलेटमा ट्वाइलेटकै ‘स्लिपर’ प्रयोग गर्नुपर्छ । अन्य कोठामा प्रयोग गरिने ‘स्लिपर’(चप्पल) ट्वाइलेटमा पुर्याउने गल्ति नगर्नुहोस् ।

३: नुहाउँदा फोहोर नफाल्ने

जापानमा स्नान गर्नुलाई सफा हुनु भन्ने बुझिँदैन । जापानमा ‘आफोरो’ भनिने पानीले भरिएको भाडामा डुब्नुलाई नुहाउँनु मानिन्छ । तर, त्यस पानीको भाडामा पस्नअघि नजिकैको धारोमा साबुनले शरीरको मैलोलाई फाल्नु भए राम्रो हुन्छ । किनकि ‘ओफोरो ट्युव’मा फोहोर गर्न पाइदैन । सम्भवत, तपाईपछि अर्कोको पालो स्नान गर्नुपर्ने हुनसक्छ, त्यसैले तपाईले नअल्मलिनु भए राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार