आज शहीद दिवस : देश र जनताको लागि जीवन त्या* ग गर्ने शहीदकाे सम्मानमा मनाइँदै

काठमाडाैँ, १६ माघ ।
कवि भूपि शेरचनको एक कविताको अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पणसहित मान्छेले आफ्नो दैनिकी शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको बलिदान चाहिन्छ भन्ने तात्पर्य बुझाँउछ ।देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगरराणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर लगायतका शहीदहरूको सम्झना गरिन्छ ।

यही दिवसका अवसरमा राष्ट्रपति, उराष्ट्रपति र प्रधानमन्त्रीले शहीदहरूप्रति श्र* द्धाञ्जलि अर्पण गर्नुहुनेछ । प्रत्येक बर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्या* न गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम सम्वत १९९७ सालमा तत्कालीन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृ* त्युदण्ड दिएको थियो ।

वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा र लखन थापामगरलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झु* न्ड्याएर मृ* त्युद* ण्ड दिइएको थियो ।

राष्ट्रपति-प्रधानमन्त्रीद्वारा श्र द्धा

यसैबिच राष्ट्रपति बिद्यादेवी भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आ न्दोलनमा राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले शहीदहरुको त्यागले नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरुप्रति श्र* द्धाञ्जली व्यक्त गर्नुभएको हो ।

त्यसैगरी उपराष्ट्रपतिबाट नन्दबहादुर पुनले पनि शहिदहरुप्रति श्र* द्धाञ्जली व्यक्त गर्दै देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्न एक भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताउनुभयो ।

त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । देउवाले राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् शहीदको सम्झना गर्नुभएको छ । त्यस्तै, राजनीतिक दलका दलका नेताहरुले समेत शहीदहरुको योगदानको स्मरण गर्दै श्र* द्धाञ्जली अर्पण गरेका छन् ।
यो पनि समाचार
कलाकार कुञ्जना घिमिरेले आफ्नो नायिका बन्ने सपना २८ बर्षपछि बल्ल पुरा भएको बताइन् । चलचित्र ‘सेन्टी भाइरस’मा उनी मुख्य कलाकारको रुपमा देखिएकी छिन् । फागुणको ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।उनले भनिन्–‘तपाइहरुले मलाई ट्रेलरमा नायिका जस्तो देख्नुहुन्न, सिरियलमा पनि देख्न पाउनु भएको थिएन । बरु, बाहिर मलाई राम्री देख्नुहुन्छ । तर, म भन्दा धेरै राम्री नायिकाहरु यो क्षेत्रमा हुनुहुन्छ ।’

कुञ्जनाले आफूले आफ्नी छोरीको उमेरदेखि नै नायिका बन्छु भनेर सोचेको बताइन् । उनले भनिन्–‘हिजोआज सुन्तली कत्ती नक्कली बनेको भनेर मलाई भन्नुहुन्छ । अब, म राम्री चलचित्रको पर्दामा बन्न त पाउँदिन । अब, बाहिर पनि नबनुँ त ?’कुञ्जनाले आफूलाई चलचित्रमा क्यारेक्टरमा काम गर्न मन लाग्ने पनि सुनाइन् । उनले भनिन्–‘मेरो सपना २८ बर्षदेखि नायिकाको रुपमा काम गर्ने थियो । ५ बर्षदेखि त मेरो अभिनय यात्रा नै रोकिएको थियो । यो चलचित्रमा आएर बल्ल मेरो २८ बर्षदेखिको सपना पुरा भएको छ । यसैले, यसमा म निकै खुशी छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार