फेरि बढ्‌यो सुनको मूल्य,पुग्यो यति

काठमाडौं– विहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य ७६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो पनि समाचार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा श*हीदप्रति सच्चा सम्मान हुने बताएकी छन् ।

‘श*हीद दिवस, २०७६’ का अवसरमा आज सन्देश जारी गर्दै उनले श*हीदका सपनालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निर्वाह गर्न सकेमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले श*हीद दिवसले सम्पूर्ण राजनीतिक दल, जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि श*हादत प्राप्त गरेका श*हीदको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेकी छन् ।

देश र जनताको लागि आफ्नो जीवनको आ हुति दिने श हीदप्रति श्र द्धा, सम्मान र स्मरणस्वरूप विविध रचनात्मक कार्यक्रम गरी श हीद दिवस मनाउँदै आइएको स्मरण गर्दै उनले तिनको त्या ग र व लिदानको प्रतिफलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन् । सन्देशमा राष्ट्रपतिले राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने श हीदप्रति श्र* द्धाञ्जलि पनि अर्पण गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार