घर किन्न कुमारित्व बेच्दैछिन् यी युवती…

एजेन्सी । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कु मारित्व बेच्ने घोषणा गरेकी छन् ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अस्ट्रियन ती युवतीले एक व्यावसायिक अनलाइनमा यस्तो घोषणाका साथ विज्ञापन दिएकी हुन् । किम नाम गरेकी ती युवतीले आफ्नो कुमारित्वको प्रारम्भिक मूल्य ८६ हजार ६ सय ४० पाउन्ड (एक लाख युरो) राखेकी छन् । सबैभन्दा बढी मूल्य दिनेलाई आफूले कुमारित्व बेच्ने उनले जनाएकी छन् ।

उनले आफू पूर्णतया कु मारी रहेको दाबी गर्दै चिकित्सकीय प्रमाणपत्र रहेको बताएकी छन् । यद्यपि विश्वास नलागेको खण्डमा कु मारित्व खरिद गर्नेले आफ्नो कु मारित्व परीक्षण गराउन सक्ने पनि उनले बताएकी छन् । कु मारित्व बेचेको रकमको २० प्रतिशत भने उनले मध्यस्तकर्ता व्यावसायिक कम्पनीलाई दिने शर्त राखिएको छ ।

ती युवतीले घर, कार खरिद गर्नका साथै आफ्नो पढाइ खर्चका लागि आफूले यो कदम उठाउन लागेको प्रष्ट पारेकी छन् । उनी जर्मनी वा अस्ट्रियाको भियनामा अध्ययन गर्न चाहन्छिन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनी जर्मन र अस्ट्रियन दम्पत्तीकी छोरी हुन् ।

उनले कु मारित्व खरिद गर्ने व्यक्ति जुनसूकै देशको नागरिक भए पनि आफूलाई स्वीकार्य भएको बताउँदै सम्झौताबमाजिम आफू जहाँ गएर पनि कु मारित्व सुम्पिन तयार रहेको बताएकी छन् । तर त्यसका लागि यात्रा खर्च भने खरिदकर्ताले नै व्यहोर्नुपर्ने उनको शर्त छ ।
यो पनि समाचार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा श*हीदप्रति सच्चा सम्मान हुने बताएकी छन् ।

‘श*हीद दिवस, २०७६’ का अवसरमा आज सन्देश जारी गर्दै उनले श*हीदका सपनालाई साकार बनाउन सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निर्वाह गर्न सकेमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले श*हीद दिवसले सम्पूर्ण राजनीतिक दल, जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि श*हादत प्राप्त गरेका श*हीदको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेकी छन् ।

देश र जनताको लागि आफ्नो जीवनको आ हुति दिने श हीदप्रति श्र द्धा, सम्मान र स्मरणस्वरूप विविध रचनात्मक कार्यक्रम गरी श हीद दिवस मनाउँदै आइएको स्मरण गर्दै उनले तिनको त्या ग र व लिदानको प्रतिफलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन् । सन्देशमा राष्ट्रपतिले राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने श हीदप्रति श्र* द्धाञ्जलि पनि अर्पण गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार