प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।बुधवार ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा ओलीले प्रचण्डलाइ विभिन्नखाले शब्दले प्रहार गरे ।
प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ
ओलीले प्रचण्डसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् । ओलीले प्रचण्डसँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ?’ पार्टी एकता गर्दाको आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको ओलीले बताए ।
‘ पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो । ‘
प्रचण्डलाई धुँदाधुँदा साबुनका धेरै डल्ला खर्च भए
त्यस्तै प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् । प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको उनले बताए ।
आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’
ओलीले अघि भने, साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’
छोरीलाई जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाउनुभयो
ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोप लगाएका छन्।
‘प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो। छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,’ उनले भने, ‘हामी मिलौं। हाम्रा संविधानको सर्वोच्चताका नीति, कार्यदिशा एकै भएपछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्रस्ताव राखेको थिएँ। हामी मिल्यौँ।’
यो एकता लामो समयसम्म नटिक्नुको कारण प्रचण्ड स्वयं भएको उनको आरोप थियो।
सत्ता पाएपछि प्रचण्डले हिजाेका घाइते, अपांगहरुकाे मतलब गर्दैनन्
ओलीले प्रचण्ड अवसरवादी नेता भएकाे बताएका छन् । प्रचण्डले अवसरपाए सबैलाइ भुलिदिने ओलीले टिप्पनी गरेका छन् । ओलीले भने, ‘प्रचण्ड त्यस्ताे व्यक्ती हुन्, जसलाइ हिजाे काँधमा बाेकेर याे स्थानसम्म पुर्याउने नेताहरुलाइ अहिले अवसर पाएपछि लात हान्छन् ।’
हिजाे प्रचण्डका लागि ज्यान शहिद परिवार, घाइते, अपांग, बेसाहाराहरुकाे बारेमा अहिले प्रचण्डलाइ चिन्तै नभएकाे ओलीले बताएका हुन् । उनिहरु अहिले कस्ताे अवस्थामा छन्, कहाँ बसेका छन् त्याे प्रचण्डे मतलबनै नभएकाे उनले बताए ।
हामी अघि बढिऔं प्रचण्डहरु पछि पर्नुभयाे
ओलीले अब आफुहरु अघि बढेकाे र प्रचण्ड माधव नेपालहरु पछाडी परेकाे बताएका छन् । उनले अग्रगमन र गतिको डुंगा अगाडि बढेको बताएका छन्।
प्रचण्डलगायत नेतालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले डुंगा समातेर बसिराख्नेहरू छुटेको बताए । ओलीले भने, ‘डुंगा अगाडि बढ्न उहाँहरूले दिनुभएन। चाहनु भएन। डुंगा तानिरहनुभयो। तर डुंगा अगाडि बढ्यो। उहाँहरू छुट्नुभयो।’
उनले डुंगा रोक्न नेताहरूले नसकेको भन्दै समय, गति र अग्रगमनको डुंगा अगाडि बढेको बताएका छन्। ‘उहाँहरूले डुंगा रोक्न सक्नु भएन। अग्रगमनको डुंगा अगाडि बढ्यो,’ उनले भने, ‘उहाँहरू छुट्नुभयो।’
नारा के लगाउनुभयो। गणतन्त्रप्रति कस्तो नारा लगाउनुभयो। उहाँहरूले सडकभरि छरेर जानुभयो। जसको ध्यान आफूमा मात्रै छ। पदमा मात्रै छ। बोलेको भाषण के थियो । मलाई मान गरेनन् अपमान गरे।