काठमाण्डौ । कविता दास । यो नाम एक पिडित श्रीमती र एक आमाको हो । त्यो आमा जस्ले श्रीमानले साथ छाडेर अर्कैको हात थामेपछि जीवनसंग हार मानेर आफ्नै भएकी एउटी छोरीसंगै आफुले पनि यो संसार छाड्ने सम्मको सोंच बनाएकी रहिछन् । कविता आफ्ना कुरा सुनाउँदा निकै नै रोईन् । के सोंचे थें जिन्दगीमा के के भयो अहिले भन्ने यो गीत उनै लाचार र बिबश आमा कविताको जीवनसंग मेल खाएको छ ।
कुनै समय गार्मेटमा काम गर्दा एकजना चिनेको दाईको माध्यमबाट चिनाजानमा जुध्न पुगेकी कविताले त्यही व्यक्तिलाई जीवनकोलागी उपयुक्त ठान्दै बिहे पनि गरिन् । आफ्नोलागी जीवनभरी नै परफेक्ट भन ठानेर बिहे गरेको श्रीमान रबिन दास कविताकोलागी सही व्यक्ति रहेनछन् । यो कुरा कविताले बिहे भएको झण्डै १२ वर्षपछि मात्र थाहा पाईन् कि रबिन आफ्नोलागी सही व्यक्ति रहेनछन् भन्ने कुरा । यो बीचको समयमा सबै कुरा ठीक थियो जसरी एउटा परफेक्ट परिवारमा सबै हुन्छ ।
तर बिस्तारै बिस्तारै सबै कुरा गलत हुँदै गयो । उहाँले म हुँदाहुँदै अर्कैसंग लागेर म र छोरी छौं भन्ने पनि बिर्सनु भयो । कविता भन्छिन्,‘म पढेलेखेको छैन । मलाई स्मार्ट फोन चलाउन पनि आउँदैन । तर कामको सबै सीप जानेको छु । मैले केही जान्दिन भनेर होला सायद उहाँले मभन्दा जान्नेलाई रोज्नु भयो ।’ कविताले आफ्ना कुरा सुनाउँदा कहिले भावुक भईन् त कहिले भक्कानिदैं रोईन् पनि । उनको भनाई अनुसार उनले ठेलामा चटपटे बेच्नेदेखि पोते उन्नेसम्मको सबै काम गरिन् ।
तर पनि रबिनले उनको दुःख, मेहेनत, माया र सहयोग केही हेरेनन् । दुई सन्तानका बाबु र कविताका श्रीमान भई सक्दा पनि रबिन दासले आफुलाई अविबाहीत जस्तै गरेर श्रीमतीकै अगाडी अर्कैसंग माया प्रेम खुल्लमखुल्ला तरिकाले गर्न थाले । कविताको भनाई अनुसार १२ वर्षदेखिको कवितासंगको प्रेम र बैबाहीक सम्बन्ध तोड्न रबिनलाई १२ सेकेण्ड पनि लागेनछ । उनले जस्कोलागी कवितालाई छाडेर गए त्यो महिलालाई पनि कविता रबिनको श्रीमती हो भन्ने सबै जानकार थियो । श्रीमानले छोडेपछि अहिले उनलाई घर चलाउन र छोरीको खर्च जुटाउन निकै गाह्रो परेको कुरा रुँदै सुनाउँछिन् कविता । भिडियोसहित