काठमाण्डौ । मायामा न कुनै जात हुन्छ न कुनै धर्म । न रुप न रंग न वर्ण । साँचो माया छ भने न त कुनै देशको सीमाले छेक्न सक्छ न सात समुन्द्रले नै छेक्न सक्छ । यही सार्थक भईदिएको छ नेपालका छोराहरुसंग बिहे गरेका विदेशी चेलीहरुको जविनमा । हाम्रोलागी उनीहरुको देश प्रदेश हो भने उनीहरुकोलागी पनि हाम्रो देश प्रदेश नै हो । यहाँ चिनाजान गरिएको मानिसहरुको त विश्वास गर्न गाहो हुन्छ भने एउटा विदेशीलाई विश्वास गरेर जीवन बिताउनकोलागी आफ्नो देश नै छाड्नु यो त निकै नै ठूलो सहासको कुरा हो ।
यस्तै साहासका कथा आजको श्रृंखलामा प्रस्तुत गरिएको छ । विभिन्न देशका विदेशी चेलीहरुसंग प्रेम गरेका हाम्रा देशका छोराहरुले उनीहरुलाई बिहे गरेर आफ्नो घरमा मात्र नभई देशमा नै बुहारी बनाएर भित्र्याएका छन् । उनीहरुसंग बिहे गरेका ती विदेशी चेलीहरु पनि नेपालको बुहारी हुन पाएकोमा आफुहरु निकै नै भाग्यमानी भएको ठान्दछन् । उनीहरु भन्छन्,‘हामी आफ्नो श्रीमानलाई अथाह प्रेम गछौं । त्यो पनि साँचो प्रेम ।’ आफ्नो श्रीमतीको यो भनाई सुनेर मख्ख पर्छन् श्रीमानहरु पनि ।
नेपालको बुहारी भएर आएपछि गाउँलेहरुले, साथीभाईले अनि आफ्ना आफन्तहरुले गरेको कुराहरु निकै नै रमाईलो मान्दै सुनाउँछन् नेपालका विदेशी बुहारीहरु । उनीहरुले सुनाउने कुरामा लगाउने कुरादेखि खानपाना र रहनसहन सबै कुरा समेटिएका हुन्छन् । नेपालको केटासंग बिहे गर्ने चाहाना कसरी भयो ? नेपालमा गरेर खान सक्छु भन्ने आँट कहाँबाट आयो ? सबैभन्दा ठूलो कुरा त विश्वास हो यति टाढाको नेपाली ठीटोलाई कसरी विश्वास गर्नु भयो भन्ने जस्तो थुप्रै प्रश्नहरुको जवाफ सुन्नकोलागी तलको भिडियोमा क्लिक गर्नुहोला । भिडियोसहित