२८ बर्षे जवानीमा ‘बोल्ड एण्ड ब्युटीफुल’ सेलेना, हेर्नुहोस् तस्बिर !

बिश्व चर्चित गायिका सेलेना गोमेज २८ बर्षमा लागिन् । १५ वर्षको उमेरमै सबको नजरमा पर्न सफल भएकी उनले छोटो उमेरकै हन्डर पनि खाइन् भने ठुलो सफलता पनि पाइन ।

सुन्दरता र स्वारले संसारभरका करोडाै युवाहरूलाइ लठ्ठ पार्न सफल सेलेनाको करिअर राम्रै भयो। तर उनको प्रेम यात्रामा भने अवरोध आइरहे।

फेसन सेन्सका कारण उनलाई स्टाइलिस क्विनसमेत भनिन थाल्यो। बढ्दो उमेरसँगै उनको स्वभाव र बानीमा परिपक्वता भने देखिँदैआएको छ।

सेलेना गोमेज उमेरले सानै भए पनि ‘बोल्ड सङ’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका दर्शकमाझ चर्चित छिन् । उनको आनीबानीलाई मिडियाले राम्रै स्थान दिइरहेका हुन्छन् । सेलेनाका फ्यान युवा नै बढी छन् ।

सेलेनाको स्वर, प्रस्तुति र शारीरिक सुन्दरता तीनवटै पाटा चर्चित छन् । त्यसैले पनि उनी सानै उमेरमा सफल ‘स्टार’का रूपमा स्थापित भइन् ।

आफ्नो ‘प्रोफेसन’मा सेलेना निकै सजग छिन् । उनको पहिलो कर्तव्य श्रोता–दर्शकको अपेक्षा पूरा गर्नु नै हुन्छ । कर्तव्य के हो सोचेर त्यसैअनुसार काम गर्ने उनले एक अन्तर्वार्तामा बताएकी छिन् ।सेलेनाले बरुनो मार्स, ब्रिट्नी स्पेयर्स, रिहाना र स्क्रिलेक्सलाई आफ्नो गायनको आदर्श मान्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार