अभिनेत्री वर्षा सिवाकोटी स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं, १३ पुस । अभिनेत्री वर्षा सिवाकोटी स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी छन् ।सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको छाला, कपाल तथा नङसँग सम्बन्धित काम गरिने स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी हुन् ।

सबैको माया, साथ र हौसलाको कारण आफूले चलचित्र उद्योगबाट समाजलाई केही न केही योगदान दिएको महसुस् गरेको बर्षा बताउँछिन्। आज सबैमाझ अर्को एउटा खुसीको खबर शेयर गर्न पाउदा असाध्यै उत्साहित रहेको उनले बताइन् । उनले आफू चिफ अप्रेसन अपरेटर (सिइओ(को रुपमा म आबद्ध भएको जानकारी दिइन् ।

उनका अनुसार स्किन सिटीले अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङसँग सम्वन्धित कुनै पनि समस्याको खोज, समाधान र उपचार गर्नेछ । अहिले स्किन सिटी भैंसेपाटीमा मात्रै रहेको छ । तर विस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने सिइओ सिवाकोटीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार