अस्ट्रेलिया– सहरी क्षेत्रमा स्थायी बसोबास अनुमतिपत्र (पिआर) पाउन नम्बर नपुग्ने भएपछि नेपाली विद्यार्थी अस्ट्रेलियाका गाउँतिर लाग्न थालेका छन्।
सिड्नी र आसपासका क्षेत्रमा जनघनत्व बढेको भन्दै यहाँको सरकारले ग्रामिण भेगमा बस्नेलाई पिआर सुविधा खुकुलो बनाउने तर सहरी क्षेत्रमा साँघुरो बनाउने निर्णय गरेको थियो। अस्ट्रेलिया रियाक्टमा विद्यार्थीका अनुभव उनकै शव्दमा लाहुरी टिभीले तयार पारेको भिडियो हेरौं।
यो पनी पढ्नुहोस्ः अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि यस्तो छ जागिरको अवसर !
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियाका युनिभर्सिटीबाट स्नातक गरेपछि धरै अवसरहरु मिल्न सक्छन्। पहिलो,उनीहरु आफ्नो स्नातक पढाई पूरा गरिसकेपछि आफ्नो देश फर्केर त्यहाँ आफ्नो योग्यता अनुसारको जागिर गर्न सक्छन् भने दोस्रोमा , विद्यार्थीले आफ्नो अष्ट्रेलियन भिसाको म्याद बढाएर अष्ट्रेलियामै जागिरको अवसर खोज्न सक्छन् साथै आफ्नो अध्ययनलाई अगाडी बढाउँदै आफूलाई अझ दक्ष बनाउन सक्छन् ।
अष्ट्रेलियन सरकारले गरेको सर्भेका अनुसार स्नातक पूरा गरेका लगभग ५० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नो देश फर्किन्छन्। ४ प्रतिशत स्वरोजगार बन्छन् र ६ प्रतिशत विद्यार्थीले आफ्नो पढाई अगाडी बढाउँछन्।
अष्ट्रेलियामा अध्ययन गरेर भर्खरै स्नातक सकेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलिया अवसरहरुको खानी हो। उनीहरुलाई अष्ट्रेलियामा विभिन्न क्षेत्र जस्तै कम्प्युटर साइन्स, आइटी, एजुकेसन सर्भिस, भूगर्भ शास्त्र आदिमा जागिरका प्रस्ताव आउँछन्।
अन्तर्राष्ट्रिय विद्यार्थीबारे गरिएको सर्भेका अनुसार विभिन्न अष्ट्रेलियन युनिभर्सिर्टीबाट स्नातक गरेका ७१ देखि ७९ प्रतिशत विद्यार्थीहरु फुल टाइम जागिरमा आबद्ध हुन्छन्। भोकेसनल एजुकेसन एण्ड ट्रेनिंग कम्प्लिट गरेका , डिप्लोमा सर्टिफिकेट लिएकाहरुले पनि आआफ्नो क्षेत्रमा जागिर पाउन सक्छन्।
अष्ट्रेलियामा स्नातक गरेका महिलाको वार्षिक औसत तलब ३०,१८० – ५५,९०० अष्ट्रेलियन डलर रहेको पाइएको छ भने पुरुषको वार्षिक औसत तलब ३६,७०० देखि ७५,८८० अष्ट्रेलियन डलर रहेको पाइएको छ । काम गर्ने क्षमता, सीप, अनुभव र कम्पनीको नियम अनुसार तलब फरक-फरक हुनसक्छ।