‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीतमा सुस्माको बोल्ड डान्स {भिडियो}

चलचित्र ‘यस्तो एउटा प्रेम काहानी’ को आइटम गीत ‘हलाल’ सार्वजनिक भएको छ। बिबि थापाको शब्द रहेको गीतलाई गायिका मिना निरौला गाएकी छन्। भिडियोमा कलाकार सुस्मा कार्कीको बोल्ड अवतार देखाइएको छ।

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस चलचित्रमा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ। चलचित्रको निर्देशन दिपेस सापकोटाले गरेका छन्।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह–निर्माताहरु हुन् । मल्टीस्टार भनिएको चलचित्रमा करिश्मा मानन्धर छोरी र शिव श्रेष्ठ पुत्रको डेब्यु गर्न लागेका छन्। चलचित्र घोषणा भएको लामो समय भएपनि चलचित्र प्रदर्शन हुन सकेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार