चितवन । चितवनकी नीतु नेपाली । वर्षले ३२ । ब्राहमणकी छोरी परियारकी बुहारी । कक्षा ८ मा पढ्दा खेरी कहिले काहीँ सार्वजनिक गाडीमा स्कूल चढेर जाने जाने आउने गर्थिन् । सोही क्रममा उनको गाडी ड्राईभरसंग माया बस्यो । नीतु भन्छिन्,‘त्यतिबेलाको जमानामा न फोन थियो न चिठ्ठी पठाउने कुनै माध्यम नै पठाउँ भने पनि कस्को हातमा पठाउनु अनि के भनेर पठाउनु ? झण्डै २ महिनाको समय अवधिमा देखादेख भयो होला ।’
त्यतिबेला दिपेन्द्रको परिचय पत्रमा उनले खड्का लेखेको देखेकी थिईन् । उनलाई लागेको थियो दिपेन्द्र खड्का क्षेत्रीका छोरा रहेछन् । यतिबेलासम्म उनीहरुबी प्रेमको कुनै सम्बन्ध नै थिएन । तर एकदिन दिपेन्द्रले नीतुलाई मनकामनाको केवुलकार चढाउने र मनकामना घुम्न लैजाने प्रस्ताव राखे । नीतुले मनकामना माताको दर्शन गर्न पाईन्छ भने र केवुलकार चढ्न पाईन्छ भने मनकामना घुम्न जाने दिपेन्द्रको प्रस्तावलाई उनले स्वीकार गरिन् ।
त्यही समयदेखि उनीहरुको बोलीचालीको शुरुवात भयो । बिस्तारै बिस्तारै बोल्ने क्रम बढ्दै गएपछि नीतु र दिपेन्द्रबीचको सम्बन्ध पनि प्रगाढ नै बन्दै गयो । सम्बन्धले एउटा प्रेमको रुप लिंदै गएपछि उनीहरुले बिहे पनि गरे । सबै कुरा ठीक हुँदै थियो । तर अचानक दिपेन्द्रले नीतुलाई छाडिदिए । किन छाडे ? के भयो त्यस्तो ? यो विषयमा नीतु के भन्छिन् ? उनका सबै अन्तरकथा सुन्नकोलागी तलको भिडियो लिंकमा क्लिक गर्नुहोला । भिडियो