फोहोर टिपेर खाने वेवारिसेकालागि साहारा बन्दै आश्रमको युवा समुह

अर्घाखाँची, १७ पुष । अर्घाखाँचीकी काव्य पोखरेल वीरगञ्जस्थित मावनसेवा आश्रममा भारतका मोहम्मद रजाक मियाको दाह्रीरकपाल मिलाइदिँदै थिए । उनको पारिवारिक स्पर्श पाउँदा सधैँ सडकमा फोहर टिपेर खाने मियाका लागि विहीबार विशेष नै बन्यो ।

सडकमा हिँड्दा मानिसले कतिपटक कुच्चिएको र मागेर खान खोज्दा गाली र तिरस्कृतमा परेको उनलाई सम्झना छ । फेरी उही समाजका केही व्यक्ति खुला आकाश मुनी रात विताउन विवश मानिसलाई टपक्क टिपेर स्याहार सुसारमा जुटिरहेका छन् । यसैको ज्वलन्त उदाहरण हो, आश्रमको युवा समुह ।

पोखरेलको परिवारिक ममताले औधी खुशी देखिएका मियाले मन्द मुस्कानका साथ भने, ‘बढिया’ । सानो छँदा बाढीले सबै परिवार बगाएपछि उनी एक्लिएर सडकमा आइपुगेका थिए । विक्षिप्त अवस्थाका उनी खुला सिमानाका कारण नाकाबाट नेपाल भित्रिनु भएको बताइएको छ ।

वीरगञ्ज महानगरपालिकालाई बेसहारा सडक मानवरहित क्षेत्र घोषणा गर्नु केही अघिको यहाँ यसरी बेवारिसे व्यक्तिलाई पारिवारिक माया प्रदान गर्न पोखरेल लगायत ४० जना युवा विहीबारसँगै थिए । यहाँका युवा देवेश गुप्ता, सानु गुरुङ, मुना लामा, सुरज कुशवाह, निरज पटेल, ओम झाजस्ता ३० जनाको युवा समूहको तीन वर्षको प्रयासको उपलब्धि सार्वजनिक हुँदै थियो ।

उनीहरु हरेक शनिबार जम्मा भएर मानवसेवाको सङ्कल्प गरी हप्ताभरी परिचालन हुन्थे । यसैको प्रतिफल स्वरुप महानगर सडक मानवरहित घोषणा हुँदै थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार