रातो पहिरनमा ‘काउली बुढी’ (फाेटाे फिचर)

नेपाली हाँस्य कलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले चर्चित छिन् ‘काउली बुढी’ नामले चर्चा पाएकी उनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुने गरेकी छिन ।

सन्ध्या नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् । चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् ।

नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । उनले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् । सुर्खेतकी २४ वर्षीया सन्ध्या चर्चित लोक गायिका पनि हुन् ।

उनले २४ भन्दा बढी लोकदोहोरी गीत गाइसकेकी छिन । केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन् । ‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’, ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विर दर्शकले निकै मन पराएका हुन्छन् । उनले आफ्नो इन्स्टाग्राममा केही नयाँ र तस्बिर अपलोड गरेकी छन् । इन्स्टाग्राममा उनको फलोअर ८ हजार बढी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार