के साम्राज्ञीको देवांशसँग ब्रेकअप भएको हो ?

अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र देवांश राणाबीच ब्रेकअप भएको समाचारहरु सार्वजनिक भएका छन् । साम्राज्ञी निकट स्रोतका अनुसार दुई वर्षयता प्रेम सम्बन्धमा रहेका जोडी हालै अलग भएका हुन् ।

ब्रेकअपको हल्लालाई साम्राज्ञीको सामाजिक सञ्‍जालका गतिविधीले पनि पुष्टि गर्छन् । केहि पहिलासम्म सामाजिक संजालमा एकैसाथ देखिने उनिहरूको जोडी दुई तीन महिना यता साम्राज्ञीको सामाजिक सञ्‍जालमा देवांशको उपस्थिति देखिदैन ।

खासगरी साम्राज्ञीको इन्स्टाग्राम स्टोरीमा देवांश झुल्किरहन्थे । तर, आजभोलि देवांश त्यता देखिएका छैनन् । त्योबाहेक साम्राज्ञीले सामाजिक सञ्‍जालमा रहेका देवांशसँगको फोटो पनि हटाएकी छिन् ।

केही समयअघिसम्म साम्राज्ञीको ग्यालरीमा देवांशको फोटोको राम्रै कलेक्सन थियो । अब त्यहाँ देवांश मुस्किलले देखिन्छन् ।

केही समयअघि साम्राज्ञीको आमाले गाएको एउटा गीत रिलिज भएको थियो । त्यो गीतमा देवांश र साम्राज्ञीले अभिनय गरेका थिए । तर, देवांश त्यो भिडियोको प्रमोसनबाट गायब थिए । यी सब कारणले पनि साम्राज्ञी र देवांशको सम्बन्ध सकिएको अनुमान गरिएको छ ।

यसअघि मयंक खड्कासँगको सम्बन्ध तोडेर देवांशसँग सम्बन्ध बढाएकी साम्राज्ञीले देवांशसँग विवाह गर्न लागेको गाइँगुइँसमेत चल्न थालेको थियो । तर, सम्बन्ध विवाहको चरणमा पुग्‍नु अगावै भत्किएको खबर छ ।

बालीमा अन्तरंग तस्बिर सार्वजनिक भएपछि साम्राज्ञी र देवांशको सम्बन्ध छताछुल्ल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार