निकै नै चर्चीत वक्ता एवम् प्रखर वक्ता यतिबेला चर्चाको शिखरमा छ्न । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएका रमेशले पछिल्लो समय सुरेश गन्दर्भको “रिंकेबुङको राँगो” बोलको गीत गाएका थिए ।
उक्त गीतलाई दर्शक हरुले यति रुचाएकि, जुन गीत सामाजिक संजालभरी भाइरल नै बनेको थियो । विशेषगरि युटुब र टिकटभरी यो गीत नैकै नै भाइरल बनेको थियो ।
केही महिना अगाडि त टिकटक खोल्नसाथ सबै भिडियो हरु यहि गीतले भरीभराउ हुने गरेको थियो । युटुबमा यो गीतलाई करोड भन्दा बढी पटक हेरिएको छ भने लाखौं लाइक कमाइसकेको छ यश भिडियोले ।
त्यस्तै अहिले पछिल्लो समय रमेश प्रसाइले फेरि अर्को गीत लिएर आउदै छ्न । “टुना गरेर लैजान्छु तिमिलाई सिउँदो भरेर” बोलको गीत रमेशले चर्चीत गायिका एलिना चौहान संग गाएका छ्न ।