प्रकाश पराजुलीको गीत “हामी यता छौँ”सार्बजनिक(भिडियो सहित)

काठमाडौं १८पुष -नेपाली गीत संगीतको क्षेत्रमा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन।यसै क्रममा युवा गायक एवम् संगीतकार प्रकाश पराजुली र प्रीतम पोख्रेलको सुमधुर आवाजमा सजिएको”हामी यता छौं ” बोलको गीत सार्बजनिक भएको छ।

उक्त गीत अङ्ग्रेजी नयाँ बर्ष को अवसर पारी शुक्रबार प्रकाश पराजुली नामक अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो।सोहि गीतमा देशमा चलिरहेका राजनैतिक गतिबिधिहरुलाई गीतबाटै दर्शाइएको छ ।गीतमा प्रीतम पोख्रेलले शब्द सृजना गरेका छन भने संगीत सम्योजन प्रकाश पराजुलिले गरेका हुन।

मौसम हिमालिको निर्देशन मा तयार पारिएको गीतलाई सम्पादन राजेश नेपालले गरेका हुन भने गीत सम्योजन सुनिल परियारले गरेको हो।केही दिन अगाडि केन्द्रिय राजनितिमा प्रधानमन्त्री के पि ओलीले प्रतिनिधि सभा सांसद विघटन गरे पश्चात् एक किसिमको ठुलै हलचल पैदा भएको छ।सांसद विघटन असंबैधानिक भएको भन्दै नेकपा शिर्ष नेताहरु”प्रचण्ड नेपाल पक्ष”माइतिघर मण्डलामा “हामी यहाँ छौ”लेखेको पोस्टर छातिमा टासेर भुइँमा बसेर प्रदर्शन गरेका थिए।

उक्त क्रीयाकलापलाई कलाकारहरु ले गीत मार्फत व्यंग्यात्मक शैलिमा प्रस्तुत गरेका छन।गीतलाई निकै छोटो समय र कम लगानी लगाएर तयार पारी बजारमा ल्याएको गायक पराजुली बताउछन।गीतको भिडियो छायांकन दुर्गा पौडेलले गरेका हुन।गीतको भिडियो मा प्रकाश पराजुली,मानसिङ खड्का,प्रीतम पोख्रेल,प्रेम अर्याल,सबिन आचार्य,लगायत अन्य कलाकारहरुको नृत्य हेर्न सकिन्छ।

गीतको पूरा भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार