प्रचण्ड पत्नि सीता बिरामी परेर अस्पताल भर्ना भएपछि पग्लिए ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फोन संबवाद भएको छ । संसद बिघटन भएपछि संबवाद ठप्प जस्तै भएका यि दुई नेता बिच आज भेट वार्ता भएको हो । प्रचण्ड पत्नी सीता बिरामी भएपछि ओलीले फोन गरेका हुन् । ओलीले फोन गरेर सिताको स्वास्थ्य अवस्था सोधेको ओली समूहका नेताले बताए ।

विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ सीतालाई भेट्न भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका थिए । ता दाहाललाई आकस्मिक समस्या देखिएपछि बुधबार मात्र अस्पताल भर्ना गरिएको छ ।

प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पार्टी विभाजनपछि दुई नेताबीच संवाद भएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार