(उक्त भिडियो हेर्नु भन्दा पहिले किन हुन्छन् हवाइ दु’र्घटना ?भन्ने बारे थोरै चर्चा गरौं)संसारमा हवाइ दुर्घ’टना हुने प्रमुख कारणमध्ये पाइलटको त्रुटि, यान्त्रिक त्रुटि, मौसमसम्बन्धी कारण, जानिजानी गराउने दु’र्घटना र अन्य मानवीय त्रुटि प्रमुख हुन् ।
यीमध्ये पनि पहिला तीन कारणले अझै प्रमुख भूमिका खेल्छन् । यहाँ हामीले अन्य कारणबारे नभई मौसमका कारणले हुने हवाइ दुर्घ,टना कम गर्न नेपालले के गर्नुपर्छ भन्ने चर्चा गर्छौं ।
नेपालमा धेरैजसो साना जहाज दु,र्घटना भएका छन्, त्यो पनि पहाडी क्षेत्रमा बढी । त्यस कारण पनि मौसमजन्य अवस्था जस्तै, हवाइमार्गको प्रत्यक्षता, वायुको गति र दिशा, हावाले पैदा गर्ने हलचल, बादलको अवस्था, पानी वा हिउँको अवस्था, चट्याङ, हावाहुरी आदिको सही सूचनाले महत्त्वपूर्ण भूमिका खेल्छन् ।
विमान उडाउन र ओराल्नभन्दा पहिले के हाम्रा विमान चालकले यी सूचना पाइरहेका छन् त ? पक्कै पनि छैनन् । यी जहाजहरु उड्ने ठाउँ र ओर्लने ठाउँको मौसम सफा भएपछि उड्छन् । तर, वीचको हवाइ मार्गको मौसम कस्तो छ थाहा हुँदैन । यसको अर्थ, विमान चालकले अन्दाजका भरमा विमान उडाउन बाध्य हुन्छन् ।
नेपालको धेरै फरक र जटिल भूवनोटले फरकखालको मौसम सिर्जना गर्छ । छिन छिनमा र ठाउँ ठाउँमा परिवर्तन हुन्छ । यी कुरा थाहा नपार्इ हाम्रो जस्तो जटिल भू-वनोट र मौसम भएको ठाउँमा बिमान उडाउनु सिधै दु,र्घटना निम्त्याउनु नै हो । दैनिक सयौ मानिसको जीवन जो,खिममा पारिएको छ।(अब हेरौं उक्त भिडियो)