अन्तत: चेली तामाङले यो संसार छोडिन् : महान श्रीमान बशन्त जसले श्रीमती बचाउन करोड सके, मलेसियाको जागिर छोडेर आए (भिडियो हेर्नुस्)

काठमाडौ । ५ वर्षको अथक प्रयास र उपचारका करोडौं रुपैया खर्च गर्दा पनि अन्नत चेली तामाङलाई उनका श्रीमानले बचाउन सकेनन् । चेलीले ३९ वर्षको उमेरमा यो सन्सार छोडिन् । उनी विगत पाँच वर्ष अघि देखि वीर अस्पतालको बेडमा बिताइन् । बशन्त कुमार शाहले आफ्नो भएको जायजेथा सबै गुमाएर श्रीमतीको उपचार गरे । तर बशन्तलाई छोडेर चेली अस्ताएकी छन् ।

मोटर साइकलले ठक्कर दिएपछि चेली हल न चल भएकी थिइन् । बोल्न र चल्न नसक्ने अवस्थामा उनी अस्पतालमा थिइन् । उनीहरुको १० वर्षको एउटा छोरी पनि छन् ।

भेन्टिलेटरवाट स्वास लिने गरेकी उनलाई बचाउन बशन्तले निकै कोशिष गरे । ठक्कर दिने मोटरसाइकल चालक त सम्पर्कमा आएनन् मोटरसाइकल धनीले केही उपचार सहयोग गरेका थिए ।

बशन्त चेलीको दुर्घटना हुँदा मलेसियामा थिए । श्रीमतीको दुर्घटना भएको थाहा पाएपछि उनी मलेसियावाट फर्किएका थिए । उनले आफु अस्पतालमै सुरक्षा गा र्ड को काम गरेर पनि श्रीमतीको उपचारमा लागेका थिए ।

त्यसले नपुगेर उनी ट्याक्सी समेत चलाउँथे । अस्पताल नै सम्भव नभएको चिकित्सकले बताएका थिए । तर पनि बशन्तले हार मानेनन् । श्रीमती बचाउन उनले घर नै अस्पताल जस्तो बनाए । तर त्यसले पनि सम्भव भएन फेरी अस्पतालमै राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार