धेरैको दुखमा हाँसो ल्याएर बाँच्न चाहान्थे – धुर्मुस सुन्तली [कविता]

“राष्ट्रिय ए कता”

कुर्सी यता कमिसन यता

मुलुक डुबाउने मिसन यता

धुर्मुस सुन्तलीले राम्रो काम गर्दा

डुबाउने राष्ट्रिय ए कता।।

नेताहरुको ठुलो ठूलो भुँडी यता

नेताहरुको भुँडी मिटिङ इटिङ अनि डिर्किङ यता

तर खोइ धुर्मुस सुन्तलीको दुख रास्ट्रिय ए कता।।

धेरैको दुखमा हासो ल्याएर

धुर्मुस सुन्तली बाँच्न चाहान्थे

कथा अधुरो भए पनि

दुख लुकाएर हास्न चाहान्थे ।।

दिनमा जुनेली उलिन्थ्यो

रातमा घाम जल्किन्थ्यो

बादलमा आगो सल्किन्थ्यो

धेरैको दुखमा हाँसो ल्याएर बाँच्न चाहान्थे

उनिहरुको सपनामा तर्ङ्गित हुँदै हस्न चाहान्थे।।

त्यो सुन्दर दृश्य एकासी हरायो

शुन्यता दुन्मुनिदै करायो

क्सैले केही बुझनै सकेनन्

नियतले यो के गरायो?

उनिहरुले जनतामाथी गरेका बाचा कुकिलिएछन

उनिहरुको हासोमा अब आँसु पो उक्लिएछन

धुर्मुस सुन्तली त केवल सबैमाथी माया बसाउन चाहान्थे

तर त्यहा त धोकाहरु पो अगिल्लिएछन।।

कता हराएछ उनिहरुको हासो

किन म्लान छन् फुलहरु फुल्नै छोडेर

के भयो पृथ्वीको प्रगणमा आज

किन नियाल्दै छन तल ताराहरु

किन खस्दै छ आकाश

आँसु आफुलाइ बगाएर।।

• रसिला जोशि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार